बहराइनमा २७ जना नेपालीमा देखियो कोरोना, संक्रमित नेपालीको संख्या ४९ पुग्यो
५ बैशाख २०७७, शुक्रबार २०:२८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बहराइनमा रहेका २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छ ।
दूतावासले गरेको अपडेट विज्ञप्तिमा भनिएको छ, “संक्रमित हुनेमा पछिल्लोपटक थप २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ ।”