FLASH NEWS
  • Loading...

नेकपा म्याग्दीद्धारा जिल्ला विपद कोषमा २ लाख ५७ सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३९ पटक पढिएको
नेकपा म्याग्दीद्धारा जिल्ला विपद कोषमा २ लाख ५७ सहयोग

कोरना भाईरस (कोभिढ–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा गठित जिल्ला विपद ब्यवस्थापन कोषमा नेकपा म्याग्दीले दुई लाख ७५ हजार ८ सय ३३ रुपैयाँ सहयोग जम्मा गरेको छ ।

शुक्रवार नेपाल वैंकमा रहेको विपद ब्यवस्थापन कोषको खातामा उक्त रकम सचिव हरिकृष्ण श्रेष्ठ मार्फत नेकपा जिल्लाले रकम जम्मा गरेको हो ।

कोरना भाईरस (कोभिड–१९)को संक्रमण महामारीबाट सृजित विशेष परिस्थितीमा मजदुर तथा निम्न बर्गका प्रभावित जनतालाई राहत पुर्‍याउन जिल्ला कमिटिका पदाधिकारी र मातहत कार्यकर्ताबाट संकलित उक्त सहयोग रकम कोषमा जम्मा गरिएको नेकपा म्याग्दीले जनाएको छ ।

‘विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस रोकथाम तथा नियन्त्रण गर्न संसारका अन्य देशले झै नेपाल सरकारले पनि लकडाउनको उपाय अवलम्बन गर्दा उत्पन्न असहज परिस्थितीले सवै क्षेत्र प्रभावित भएको छ । अझबढी निम्न बर्गका दैनिक ज्यालादारी गर्ने मजदुर र निम्नबर्ग बढी प्रभावित भएको छ । त्यसैले जिल्ला विपद ब्यवस्थापन कोष मार्फत सहयोग ति समुदायसम्म राहत पुर्‍याउन प्रयास गरेका हौं’ नेकपा म्याग्दीका सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘मानवजातीमाथी आईपरेको स्वास्थ्य संकटको सवै मिलेर सामना गर्नु आवश्यक छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल