- Loading...
कोरोना विरुद्ध लँडाइमा हाम्रो दायित्व
- पुनहिल डट कम
- ४ साल अघि
- ३५४ पटक पढिएको

खरमायाँ विटालु/उपाध्यक्ष, मालिका गाउँपालिका, म्याग्दी
आज हामी एक विषम परिस्थितीबाट गुज्री रहेका छौं । चीनको हुवेई प्राप्तको वुहानबाट डिसेम्बर पहिलो साताबाट एक घातक जीवाणु भाईरस फैलिन थालको समाचार आउन थालेका थिए । तर विश्वको ध्यान मात्र होईन, स्वए चीनियाँ सरकार समेत उति चासो दिएन । यो परिस्थितीको कल्पना कसैलाई थिएन । जव डिसेम्बर अन्तिम सातासम्म आईपुग्दा वुहान शहरका मानिस धमाधम मर्न थाले चीन सरकार झस्क्यो । तर विश्व समुदायले अझै चासो दिएको छैन । चिनियाँ रोग भनेर तर्केर बस्यो ।
कोरोना भाइरस सम्वन्धी समाचार यो समय वढी चर्चामा आउन थाल्यो जतविेला चीनले यसलाई उच्च सतर्कता अपनाउदै एक हप्ता भत्रि हजारौं विरामीलाई उपचार गर्न मिल्ने अस्पताल निर्माण गर्यो । सडक सडकमै वुहानवासी ढल्न थाले । चीनले स्वास्थ्य संकट घोषणा गरी वुहानलाइ लक डाउन गरी कोरोना विरुद्ध कठोर कदम चाल्यो । चीनले वुहान शहरलाइ लक डाउन गर्यो । त्यसपछि मात्र कोरोना सन्त्रासले एक प्रककारले वश्वकिो ध्यान खिचेको पाईन्छ । वुहान शहरलाइ चिनले लक डाउन गरेको समाचारले एक प्रकारले हामीलाई के भैरहेको छ खास मेसो पाएका थएिनौं । हामी अभ्यस्त थएिनौं । लक डाउन, क्वारन्टिीन, आईसोलेसन जस्ता शब्द नेपाली जनजव्रिोमा वल्न उच्चारण सुरु भएको हो ।
लक डाउनलाई केही मुलुकले मानवअधकिारसँग जोडे त केहीले जनतालाई बन्धनमा बाँधेको नरिंकुश शासन ब्यवस्था भन िआलोचना गरे । यसै वीचमा जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक ठूलो चुनौत विन्न सक्ने सम्भावना तर िऔंल्याउँदै विश्लाई सतर्क रहन एक चेतावनी दियो तर यो चेतावनी प्रति पनि विश्वको ध्यान जान सकेन । विश्व आफ्नै गतिमा अगाडी बढि रह्यो । कोरना विरुद्ध सुरुमा एक्लै लडेको चीनलाई विस्तारै विश्व जगतबाट साथ जान थालेको हो । यस अवधिमा टिछफुट रुपमा कोरोना चीनबाट वश्वकिा अन्य मुलुकमा फैलँदै गयो । यसलाइ सुरुका दनमिा यूरोपका इटाली, स्पेन लगायतका मुलुकमा देखा परे पनि खासै समस्याको रुपमा लिईएन । विस्तारै इटाली¸ स्पेन¸ यूके¸ जर्मिनी, फ्रान्स¸ वेल्जियम¸ नेदरल्याण्ड हुँदै सारा यूरोप भरीनै कोरोना प्रकोप फैलँदै गयो । यो भाइरसको फैलावट यसरी विस्तार भयो कि दिन दुई गुना रात चौगुना फैलियो । अहिले संसारका शक्तिशाली मुलुक अमेरिका लगाएत सातै महादेशका २ सय ९ मुलुकमा डढेलो झै फैलिएको छ । करिव २० लाख मानिस संक्रमित छन । यो आलेख तयार पार्दासम्म कोरनाबाट संसारभरी १ लाख २६ हजारबढीले ज्यान गुमाएका छन । कोरनाबाट ज्यान गुमाउनेको संख्या दैनकि बढ्दो छ ।
अहिले आधुनिक विज्ञान र प्रविधीको उच्चतम विकास भएको युगमा चिकित्सा विज्ञानको क्षेत्रमा भएका आविस्कारका अगाडी कोरनाबाट यति धेरै मानिसको ज्यान जानु र अझै औषधी पत्ता लाग्न नसक्दा विश्व समुदाय चिन्तित छ । आजको २१ औं शताब्दीको युगमा चिकित्सा विद्दानमा भएको विकास कोरना भाईरस सामु निरिह भएको छ । यो एकदमै दुःखद अवस्था हो । विश्व र मानव सभ्यता सामु एक अनौठो¸ अकल्पनिय र भिमकाय चुनौतिको उभिएको छ ।
कोरोनाको संक्रमणबाट नेपाल पन िअछुतो रहने कुरै भएन । तर भाग्यवस चीनमा अध्ययनरत एक विद्यार्थीमा देखा परेपन िसंयोग वा भाग्न मान्नु पर्छ संक्रमति युवा उपचारपछ िनकिो भयो । अन्यलाई सरेन । तर चैत्र महिनाको पहिलो साता फ्रान्सवाट नेपाल फर्किएकी एक युवतिमा कोरोना संक्रमण देखा परयो भने त्यसै साता वेल्जियमबाट फर्किएकी अर्की युवतिमा पनि कोरना पोजेटिभ देखिएपछि नेपालमा पनि थप त्रास फैलिएको छ । कैलालीमा दुवईबाट भारतहुँदै नेपाल आएका एक युवकमा देखा परेको कोरोना उनका परिवारका सदस्यलाइ समेत संक्रमण देखा परेपछि नेपालमा समेत कोरोना प्रकोपले दोश्रो चरण प्रवेश पाएको छ । अहिले हामी कोरोना प्रकोप वा को दोश्रो चरणमा गुज्रीरहेका छौं ।
नेपालमा हाल संक्रमतकिो संख्या १६ पुगेको अवस्था छ । अझै सुसुप्त अवस्थामा फैलदो अवस्थामा होला भन्ने आशंकाले सवैमा क्रास छ । को संत्रमित को सुरक्षित यसै भन्न नसकिने अवस्था छ । घरपरिवारकै सदस्य विच सामाजिक दुरी राख्नु पर्ने र संक्रमण
भित्रिन्तकी भन्ने डर छ । पल पल कोरना संक्रमणको त्रास र वेचैनीको जिन्दगीमा बाँच्नु पर्ने बाध्यता छ ।
हाम्रो देश र हामी वीच कोरोना संक्रमण देखा परी सक्यो । अव पुर्पुरोमा हात राखेर मात्र केही हुने होईन वरु हामी मिलेर कोरना भाईरस संक्रमणलाई फैलनबाट कसरी रोक्न सकिन्छ लाग्नु परेको छ । यसकालागी सामाजिक दुरी कायम गर्ने, संक्रमण आशंका हुने वित्तिकै उपचारमा जाने, परिवार र समुदायसँग सामाजिक दुरी राख्नु र स्वास्थ्य परिक्षण गर्नु नै हो । सरकारले लक डाउन गरेको हाम्रै सुरक्षाकालागी हो, लकडाउन र अन्य कोरना भाईरस विरुद्धको लडाईमा मोर्चावन्दी गरौं ।
कोरना भाईरस किन चुनौति भएको हो भने, अहिलेसम्म कुनै औषधी र खोप पत्ता लागेको छैन । अनुसान्धानकर्ता हरु खोप तथा औषधी पत्ता लगाउन लागी परेका छौं, हामी धैर्य गरौं, सतर्क रह्यौ ।
एक अर्का देश वा क्षेत्र वा स्थान वीच सम्पर्क टुटाउने वा मानसकिो आवतजावत लाइ वन्द गर्ने¸ एकै क्षेत्रका मानसहिरु वीच सामाजिक दुरी कायम गराउने¸एकान्तवास वस्ने¸ आसंका गरएकिा ब्यक्तिलाई, क्वारेण्टाइनमा राख्ने¸ द्रुत परक्षणि गर्ने र संक्रमितहरुलाई आइसोलेसनमा राखेर आवश्यक उपचार गर्ने¸ संक्रमतहिरुवाट अन्य मानसहिरुको सामाजिक दुरी कायम गराउने आदी गरेमा हामी संक्रमणबाट जोगिन सक्छौं ।
भोली हुन सक्ने भयावह अवस्थावाट वच्नको लागि नेपाल सरकारले समेत २०७६ साल चैत्र १० गते सुरु गरेको लक डाउन आगामी वैशाश १५ गतेसम्म लम्बाएको छ । घरवन्दी हुँदाको कष्ट, भन्दा ज्यान ठूलो हो । लकडाउनको पालाना गरी कोरना विरुद्ध लडौं, मानवजाती कोरना भाईरसलाई परास्त अवस्य गर्न सक्क्षम हुने छ । यो भन्दा भयावह अवस्था नआओस भन्ने नै नेपाल सरकारको मनसाय हो । हामीले आफ्नो क्षेत्रबाट पालना गरौं ।
म स्वयं गाउँपालिका उपाध्यक्षको हैसियतमा पनि अहोरात्र कोरना भाईरस विरुद्ध लडेका छौं । गाउँपालिकावासी र विश्व मानवजातिलाई कोरना संक्रमणबाट जोगाउने पिरालोमा छौं । हामी गाउँपालिकामा कोरना विरुद्ध योजनाबद्ध प्रतिकार्यमा जुटेका छौं । नेपाल सरकारले मुलुकलाइ लक डाउन गरिसकेपछि गाउँपालिका तहमा जनतालाइ सुसुचित गराउने र संक्रमणबाट जोगाउनु हाम्रो पहिलो कतर्ब्य ठानेका छौं । र सोही अनुसार जुटेका छौं ।
गाउँपालिका अध्यक्षको संयोजकत्वमा कोरना जोखिम नियन्त्र समवन्य समिति गठन भै विभिन्न कार्य गरिरहेको अवस्था छ । लकडाउनले दैनिक रोजगारी गुम्दा विहान–वेलुका दुई छाक गास खोसिएका परिवारको पहिचान गरी राहत पुर्याउने देखी कोरना भाईरस संक्रमणबाट जोखिन मास्क लगाउने, सामाजिक दुरी कायम गराउने र सरसफाईका कुरामा लागेका छौं । संक्रमण जोखिम कम गर्न विदेशबाट हालै घर फर्केका दाजुभाई दिदीबहिनीको पहिचान गरी क्वारेन्टीनमा राख्ने देखी परिक्षण गराउने काम भएका छन ।
संक्रमण देखिए विरामीलाई कहाँ कसरी राख्ने र उपचार गर्ने भन्ने योजना मुताविक क्वारिन्टाईन, आईसोलेसन कक्ष स्थापना भएका छन । थप उपचारकालागी ठूला अस्पतालमा पुर्याउने सवारी साधनका ब्यवस्थापन गरिएको छ । कोरना विरुद्धको लडाईको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाकालागी पिपिई समेतका आधारभुत सुरक्षा उपकरण ब्यवस्था गरिएको छ । जनतालाई भोकमरीबाट जोगाउन प्रयाफ्त खाद्यान्न जोहो गर्ने ब्यवस्था गरिएको छ । ब्यक्ति–ब्यत्ति विच सामाजीक दुरी मात्र होईन वस्ती–वस्ती विचमा समेत सामाजिक दुरी कायम गर्न स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन । कोरना संक्रमणबाट जोगिन उपाय सर्वसाधारणसम्म पुर्याउन ब्यापक प्रचार प्रशार गरिएको छ, रेडियो कार्यक्रम गरिएका छन ।
मुलुकले लक डाउन गरे पछि वश्य अवस्था सहज छैन । जनजिवन नराम्रोसंग प्रभावित भएको छ । हामीले सास्ती पाएका छौं । दैनिक कामकाज ठप्प छ । दैनिकी घरवन्दी बन्नु परेको छ । तर यी सवै कठिनाईका बावजुत पनि हामी लकडाउन पालना गर्ने पर्ने छ । यो हाम्रो आफ्नो लागी गरिएको अनिवार्य वाध्यता हो ।
सुरुमा इटली, स्पेन र अमेरिकाले देखाएको ब्यवहार र अहिलेको परिस्थितीबाट हामीले पाठ सिक्नै पर्छ । कालो वादल भित्र उज्यालो चाँदीको घेरा झै हामीले समयमै लक डाउनमा गयौं, हामीले पालना गर्यौं र आजका मितीसम्म मानवीय क्षति ब्यहोर्नु परेको छैन । हामीले लापरवाही गर्यौ, लक डाउन तोड्दा वहादुरी देखायौं भने हाम्रो हवीगत पनि हुने यही हो ।
फेरीपनी भन्छु, हाम्रा निजी खुसी वन्दी भएको छ । दैनिक आर्थिक परिस्थिती अस्तब्यस्त भएको छ । र पनि हामी फेरी विश्वभर फैलिएको कोरना माहामारी विरुद्धको लडाईमा छौं । आज बाँच्यौं भने भोलि भविश्य देखिन्छ । विश्वका को धनी को गरिव मानवजातिको एउटै लक्ष्य कोरना भाईरस परास्त गर्नुमा छ, सवै एक जुट भएर लडौं । भोली मेरो गाउँमा, मेरो घरमा र मलाई नै यो रोग लागे के गरुँला भन्ने सोचौं । साझा सत्रुलाई परास्त गर्न काँधमा काँध, साथमा साथ मिलाउ । मानवजातीको जीत अवश्य हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
