FLASH NEWS
- Loading...
म्याग्दीका सवै १ सय ३० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
- पुनहिल डट कम
- ४ साल अघि
- १२५ पटक पढिएको
चैत महिना सुरु भएयता भारत समेत विदेशबाट फर्केका म्याग्दीका सवै १ सय ३० जनाको र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिड टेष्ट गरिएका मध्य र्याण्यम विधीबाट १४ जनामा गरिएको पिसिआर टेष्ट गर्दा ११ जनाको रिपोर्ट पनि नेगेटिभ र तीन जनाको पिसिआरना रिपोर्ट आउँन बाँकी रहेको कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।
जिल्ला कमाण्ड पोष्टका सदस्य केसीले दिएको जानकारी अनुसार बेनी नगरपालिकामा ३६ जना, मंगला गाउँपालिकामा २६, मालिका गापामा १२, धौलागिरी गापामा ७, अन्नपूर्ण गापामा १० र रघुगंगा गापामा ३९ जनामा चैत १ गतेपछि विदेशबाट फर्केकाको र्यापिड टेष्ट गरिएको थियो । र्यापिड टेष्ट गरिएका मध्य र्याण््डम विधीबाट १४ जनाको मुखको र्याल (स्वाब) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरना टेष्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस