आज:  | Fri, 01, Jul, 2022

म्याग्दीका सवै १ सय ३० जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

३ बैशाख २०७७, बुधबार १७:०२ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
चैत महिना सुरु भएयता भारत समेत विदेशबाट फर्केका म्याग्दीका सवै १ सय ३० जनाको र्‍यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।र्‍यापिड टेष्ट गरिएका मध्य र्‍याण्यम विधीबाट १४ जनामा गरिएको पिसिआर टेष्ट गर्दा ११ जनाको रिपोर्ट पनि नेगेटिभ र तीन जनाको पिसिआरना रिपोर्ट आउँन बाँकी रहेको कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।जिल्ला कमाण्ड पोष्टका सदस्य केसीले दिएको जानकारी अनुसार बेनी नगरपालिकामा ३६ जना, मंगला गाउँपालिकामा २६, मालिका गापामा १२, धौलागिरी गापामा ७, अन्नपूर्ण गापामा १० र रघुगंगा गापामा ३९ जनामा चैत १ गतेपछि विदेशबाट फर्केकाको र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्ट गरिएका मध्य र्‍याण््डम विधीबाट १४ जनाको मुखको र्‍याल (स्वाब) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरना टेष्ट गरिएको थियो ।