- Loading...
सनसिटी अपार्टमेन्टका आमा र छोरामा कोरोनो संक्रमण पुष्टि, बुहारीको पुनः परीक्षण गरिँदै
- पुनहिल डट कम
- ५ साल अघि
- १७८ पटक पढिएको

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामध्ये दुईजनामा पुनः गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार हिजो अस्पताल भर्ना गरिएका ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षीया छोरामा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमित ती बृद्धाकी बुहारीको अहिले नै यकिन भएको छैन। उनको थ्रोट स्वाबको पुनः नमूना संकलन गरेर परीक्षण हुने स्रोतले जानकारी दिएको छ।
आरडिटी परीक्षणमा पोजिटिभ देखिएपछि तीन जनाको पीसीआर विधिबाट परीक्षणका लागि हिजो बेलुका पाटनस्थित अस्पतालमा भर्ना गरिएको थियो। हिजै थ्रोटको स्वाब नमूना संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
तीनैजना ५ चैतमा बेलायतबाट काठमाडौं आएका थिए। हिजो नै उनीहरुमा आरडीटी किट परीक्षणबाट नतिजा पोजेटिभ देखिएपछि उनीहरु बस्दै आइरहेको सनसिटी अपार्टमेन्ट क्षेत्रमा पूर्ण लक गरिएको थियो। त्यहाँ बस्ने अन्य मानिसहरुलाई बाहिरभित्र आवागमन गर्नसमेत रोक लगाइ सकिएको छ।
करिब पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई हिजोदेखि नै सिल गरिएको छ। मन्त्रालयको उच्च स्रोतले उक्त अपार्टमेन्टमा बस्ने अन्यको पनि परीक्षण गर्ने तयारी अघि बढाइएको जनाएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम पनि अघि बढाइएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
