नयाँ वर्षको पहिलो राती परेको भिषण असिनापानीले जिल्लाको रघुगंगा गाउँपालिका १
, २
, ३ र ४ तथा मालिका गाउँपालिका
, ६ दिच्याम क्षेत्रका वस्ती तथा खेतवारीमा लगाईएको गहुँ
, जौ लगाएत हिउँदेवाली र तरकारी खेतीमा क्षति पुर्याएको छ ।मुसलधारे असिनापानीपछि आएको बाढीले रघुगंगा गापा
, २ भगवतीका डोलेन्द्र रिजाल
, गोकर्ण परियार
, नरसिंह केसी र नाम नखुलेका एक दलितको घर पुर्ण क्षति पुगेको छ । बाढीपसेपछि जग्सीखोर
, नयघर
, धुपिचौर
, ठूलाथर वस्तीका ८० घरमा हिलो लेदो पसेर क्षति पुगेको रघुगंगा गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले दिएको जानकारी अनुसार करिव १ फिटसम्म बाक्लो असिनाले पाक्ने लागेको गहुँ
, जौ र औवामा ६० प्रतिशत र सुन्तला समेतका फलफुल खेतीमा स्थान अनुसार ६० देखी ९० प्रतिशतसम्म क्षति पुर्याएको छ । असिनाले साग
, आलु
, केराउ
, प्याज
, लसुन समेत तरकारी खेती
, पाक्न लागेको/पाकेको गहुँ
, जौ र असारे मकैमा ८० प्रतिशतसम्म क्षति पुर्याएको छ ।
‘मध्यराती परेको भिषण असिनापानीले थन्क्याउन ठिक्क परेको वाली
, भर्खर फुल लागेको सुन्तला वैगैंचा र तरकारी खेती नष्ट गरेको छ । क्षतिको आँकलन गर्न खेतवारीमा पुग्दा कृषक पुर्पुरोमा हात राखेर रोएको दृष्य हृदयविदारक छ
’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने
, ‘भगवतीको सिजलगाउँ क्षेत्र र पिप्लेको महतारे
–कलेजवाङ क्षेत्रको फलफुलमा ब्यापक क्षति पुर्याएको छ । त्यसैगरी वडा ४ को दग्नाम र १ बेगको उपल्लो खण्डमा पनि क्षति पुगेको छ ।
’
त्यसैगरी गएराती परेको भिषण असिनापानीले पश्चिम मालिका गाउँपालिका
, ६ दिच्याममा पनि तरकारी र हिउँदेबालीमा पनि क्षत्ती पुर्याएको छ । बाक्लो असिनाले किसानले लगाएको हिउँदेबाली
, तरकारी तथा फलफुल लगाएतका खेतीबाली नष्ट गरेको हो ।