- Loading...
बागलुङ बिहुंकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
- पुनहिल डट कम
- ५ साल अघि
- २२२ पटक पढिएको

कोरोना भाईरसको द्रुतजाँच (र्यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ बर्षिया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका गरिएकी महिला र उनका छोरा दुवैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
आईतबार गरिएको र्यापिड टेष्टका क्रममा ति महिलामा कोरोना पोजेटिभ नतिजा देखापरेको थियो । ‘आईतबार आरडिटी टेष्टमा उहाँको नतिजा पोजेटिभ आएको थियो’ गुरौले भने ‘पिसीआर जाँचमा उहाँमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । अहिले उनीहरुलाई भिमसेन माध्यमिक विद्यालयमा काठेखोला गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा राखिएको छ । दुवैको नतिजा नेगेटिभ आएकाले अब होम क्वारेन्टाईनमा बस्दा पनि फरक नपर्ने गुरौले बताए । ति महिला तिर्थयात्रामा भारतका बिभिन्न स्थानमा पुगेर गत चैत महिनामा घर फर्केकी थिईन् ।
त्यस्तै, कञ्चनपुरका कोरोना संक्रमित युवासँग भारतबाट सँगै नेपाल छिरेका बरेङ गाउँपालिकाका एक युवाको थ्रेट स्वाबको नतिजा पनि नेगेटिभ आएको छ । उनीसँगै आएका ७ जनाको यसअघिनै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
