२०७७ सालको राशिफल : कस्तो रहला नयाँ वर्ष ?

१ बैशाख २०७७, सोमबार १४:२७ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

मेष
उन्नति पदोन्नति होला । देश–विदेशसित सम्बन्धित काम बन्नेछ । व्यापारमा प्रगति होला । शैक्षिक, वौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । पैतृक सम्पत्ति र पारिवारिक वातावरण मध्यम रहनेछ । चिन्ता र जोखिमप्रति सचेत रहनु हितकर होला । ॐ गं गणपतये नमः, ॐ अमृतेश्वर भैरवाय नमः । मन्त्र जप गर्नु कल्याणकारी होला । ८ रति गणेश मुँगा धारण गर्नु हितकारी ठहरिने छ ।
बृष
साझेदारीको काम, दाम्पत्य जीवन तथा सामाजिक कार्यमा यो वर्ष सफलता मिल्नेछ । तीर्थयात्रा, वैदेशिक काम, धार्मिक कार्य, आयात–निर्यात, व्यापार, व्यवसाय, शुभ कार्य आदिमा पनि सफलता मिल्नेछ । भूमि, वाहन, प्रसिद्धि, आफन्तसित सम्बन्धित काममा केही चिन्ता रहला । आर्थिक र राजनीतिक तथा सामाजिक कार्यमा योजना बनाइ अगाडि बढ्नु उचित हुनेछ । १० रतिको ओपल धारण गर्नु होला । ‘ॐ ह्रीं विश्व रुपाय नमः’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।
मिथुन
शनिको अढैयाले प्रभावित गरिरहनेछ । शनि जन्म पत्रिका योगकारक र शुभ फलदायक रहेमा नयाँ काम बन्नेछ । दीर्घकालिक काम बन्नेछ । मान महत्व बढ्नेछ । वैदेशिक काम बन्नेछ । शनि, राहु, केतु, गुरु आदि ग्रहको शान्तिपूजा गर्नु कल्याणकारी होला । समय–समयमा चिन्ता तनाव आलश्य निराशा अनावश्यक खर्च आइरहनेछ । जोखिममा नपर्नु हितकर रहला । ॐ अमृतेश्वर भैरवाय नमः, ॐ ह्रीं रामदुताय नमः मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।
कर्कट
यस वर्षमा ऋण रोग दरिद्रता शत्रु आदिलाई जित्ने सामर्थ्य बढ्नेछ । धन यश मान महत्व बढ्नेछ । घर सम्पत्ति बढ्नेछ । उन्नति पदोन्नति होला । नयाँ काम बन्नेछ । रोकिएको काम बन्नुका साथै विविध प्रकारका विकासका अवसर प्राप्त हुनेछ । सामाजिक र आर्थिक राजनैतिक धार्मिक आदि काम बन्नेछ । साझेदारी र दाम्पत्य जीवनमा विशेष ध्यान पुर्याउनुहोला । ६ रतिको मोती धारण गर्नु होला । ॐ शाम्बसदाशिवाय नमः । मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।
सिंह
वर्ष हितकर र महत्वपूर्ण रहला । वौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ र सन्तानसुख पाइनेछ । उन्नति–पदोन्नति होला र मान महत्व बढ्नेछ । यात्रा, आयात–निर्यात, वैदेशिक काम, शुभ र धार्मिक क्षेत्रसित संबन्धित काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । आशा–उत्साहमा वृद्धि होला । ५ रतिको मानिक्य धारण हितकर होला । ॐ घृणि सूर्याय नमः, ॐ श्री लक्ष्मीनाराणाय नमः मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।
कन्या
वर्ष महत्वपूर्ण र उपलब्धिकारक होला । धनसम्पत्ति, भूमि, वाहन, मान प्रसिद्धि प्राप्त हुनेछ । वैदेशिक काम बन्नुका साथै विविध प्रकारका विकासका अवसर प्राप्त हुनेछ । उन्नति–पदोन्नति होला । शैक्षिक वौद्धिक रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख पाइनेछ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । जोखिममा नपर्नु हितकर रहला । ॐशं शनैश्चराय नमः, ॐनमोस्भगवते वासुदेवाय ! मन्त्रको जप अत्यन्तै कल्याणकारी होला । ६ रति पन्ना धारण गर्नुहोला ।
तुला
शनि ग्रह जन्म पत्रिकामा योगकारक रहेमा समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजय प्राप्त होला । यश वर्चश्व बढ्नेछ । उन्नति–पदोन्नति होला । इष्टमित्रको साथमिल्नेछ । सन्तान सुख पाइनेछ । पारिवारिक वातावरण सहयोग कारक रहला । प्रेम पथमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय होला । केस मुद्दामा सफलता प्राप्त हुनेछ । शैक्षिक वौद्धिक रचनात्मक कार्यमा सफलता मिल्नेछ । ग्रहको प्रभाव त्यति हितकर नलागेमा विघ्न बाधा विवाद झन्झट आदि बढेको लागेमा संयमपूर्वक सोचीविचारी योजना बनाइ अगाडि बढ्नु उचित हुनेछ । सादा चाँदीको अंगुठी, १० रतिको ओपल आदि धारण गर्नु होला । ॐअमृतेश्वर भैरवाय नमः, ॐ लक्ष्मीनरसिंहाभ्यां नमः । मन्त्रको जप हितकर होला ।
वृश्चिक
जग्गा जमिन वाहन सम्पत्तिसित सम्बन्धित काममा सफलता मिल्नेछ । साहस, आँट उत्साह बढ्नेछ । सामाजिक, धार्मिक, वैदेशिक काममा सफलता मिल्नेछ । दीर्घकालीन आयस्रोत बढ्ला । आफन्तको सहयोग मिल्नेछ । शत्रु र वैरीमाथि विजय हासिल हुनेछ । इष्टमित्र सन्तान प्रेम सुख बढ्ला । कुटनीतिक सामर्थ्य बढ्नेछ । जोखिम, साझेदारी, केस–मुद्दासित सम्बन्धित काममा सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । ‘ॐ गं गणपतये नमः, ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला । ८ रति मुँगा गणेशको धारण हितकर होला ।
धनु
यो राशि यस वर्षभरि शनि साढेसातीले प्रभावित रहनेछ । शनि व्यक्तिगत जन्मपत्रीमा योग कारक भएमा स्थिर सफलतादायक हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर ग्रह कमजोर भएमा विभिन्न प्रकारका समस्या देखापर्नेछ । झुठो आरोप लाग्ने वैरभाव बढ्ने शारीरिक, मानसिक, आर्थिक, राजनैतिक, सामाजिक व्यापारिक आदि काममा बिघ्नबाधा देखा पर्ला । ‘ॐ नमोःभगवते वासुदेवाय, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्रको जप हितकर होला । ९ रति पुष्पराज धारण गर्नु र शनि यन्त्र साथमा राख्नु शुभ होला ।
मकर
यस राशिमा वर्षभरि शनि ग्रहको मध्य साढेसाती प्रभाव रहला । शनि जन्मपत्रीमा योगकारक भएमा विभिन्न प्रकारका विकासका अवसर प्राप्त हुनेछ । आर्थिक राजनैतिक सामाजिक व्यापारिक आदि काममा विघ्न वाधा हट्ने छ । सफलता र समृद्धि प्राप्त हुनेछ । सुख शान्ति बढ्नेछ । ग्रहको प्रभाव प्रतिकुल रहेमा मनमा अशान्ति, कार्यमा विघ्न वाधा र परिवारमा असन्तोष रहनेछ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । काम, क्रोध, लोभ, आलश्य आदिप्रति सचेत रहनुपर्ने छ । ॐ शं शनैश्चराय नमः, ॐ महाँकालाय नमः । मन्त्रको जप अत्यन्तै कल्याणकारी होला । ६ रतिको नीलम धारण गर्नु र शनि यन्त्र साथमा राख्नु होला ।
कुम्भ
यस वर्षमा कुम्भ राशिमा शनिको प्रभाव रहिरहला । शनि ग्रह जन्म पत्रिकामा योग कारक भएमा स्थिर सफलता मिल्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । नोकरी, रोजगारी, व्यवसाय, सामाजिक कार्य, राजनैतिक, धार्मिक, यात्रा परक कार्य आदि काममा सफलता मिल्नेछ । ग्रह अशुभ फलदायक रहेमा मनमा अशान्ति कार्यमा विघ्न वाधा आलस्य निराशा अनावश्यक खर्च आइरहनेछ । सम्पत्ति प्रसिद्धि आदिसित सम्बन्धित काममा बाधा विवाद आउनेछ । अध्ययन अनुसन्धान शैक्षिक वौद्धिक रचनात्मक कार्यमा विस्तारै प्रगति हुनेछ । घरमा शुभ काम होला । ॐ शं शनैश्चराय नमः, ॐ अमृतेश्वर भैरवाय नमः । कालो घोडाको टापुको अंगुठी र ६ रति नीलम धारण गर्नु हितकर होला । गरीब, कौवा, कुकुर, कमिला आदिलाई भोजन दिनु हितकर होला ।
मीन
वर्ष शुभ र सफलतादायक रहला । उन्नति–पदोन्नति होला । नयाँ काममा सफलता मिल्नेछ । धनसम्पत्ति भूमि वाहन घर आदिसित सम्बन्धित सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख पाइनेछ । आफन्तको सहयोग मिल्नेछ । उद्योग वाणिज्यमा विस्तारै प्रगति हुनेछ । मुद्दा–मामिला र विवादमा विजय प्राप्त हुनेछ । इष्टमित्रको दाजुभाइ आदिको साथ प्राप्त हुनेछ । अधुरो काम बन्नुको साथै समस्याबाट मुक्ति प्राप्त हुनेछ । वैदेशिक, सामाजिक व्यापारिक, राजनैतिक धार्मिक यात्रापरक आदिसित सम्बन्धित काममा जोखिम र विवादमा नपर्नु हितकर होला । ९ रति पुष्पराज धारण गर्नु हितकर होला । ॐनमोः भगवते वासुदेवाय ! मन्त्रको जप अत्यन्तै शुभ फलदायी रहला ।