आज:  | Thu, 30, Jun, 2022

नयाँ वर्ष २०७७ लाई स्वागत !

१ बैशाख २०७७, सोमबार ०९:०५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष २०७७ साललाई स्वागत गरेका छन् । मानव जातिले धेरै पटक अनेकौं प्रकारका विपत्ति भोगेको छ र सबैलाई जितेको छ । आशा र विश्वास दुवै गरौँ – कोरोनाभाइरस नामको नयाँ विश्वव्याधिलाई छिटै नै परास्त गर्नेछ र यो वर्ष हाम्रा लागि सञ्जीवनी लिएर आउनेछ । पुनहिल डट कम (www.punhill.com) परिवार हाम्रा समस्त पाठक, शुभेच्छुक, विज्ञापन दाता र सहकर्मीसहित समस्त मानव जातिका लागि नयाँ वर्ष शान्ति, समृद्धि र आरोग्य लिएर आओस् भन्ने कामना गर्दछौँ । नयाँवर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! आफू बचौँ,अरुलाई पनि बचाऔँ । स्वागत छ, नयाँवर्ष २०७७ लाई ।