आज:  | Tue, 05, Jul, 2022

कोरोना संक्रमितको संख्या १४ पुग्यो, रौतहटमा थप एक संक्रमित भेटिए

१ बैशाख २०७७, सोमबार १८:०८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपालमा कोभिड-१९ संक्रमितको संख्या १४ पुगेको छ।आज रौतहट र कैलालीमा एक/एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १४ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरेर दुईवटा केस थपिएको जानकारी दिए।रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।कैलालीको लम्कीचुहा नगरपालिका- १ की ५२ बर्षीया महिलामा संक्रमण देखिएको हो। उनी पर्साको वीरगञ्जबाट कैलाली पुगेको खुलेको छ।राैतहटमा संक्रमित भेटिएका १९ वर्षीय युवकको भने थप विवरण खुल्न बाँकी छ।