आज:  | Sat, 25, Jun, 2022

कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

१ बैशाख २०७७, सोमबार १४:२३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपालमा थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेश, कैलालीको लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको थियो । वीरगञ्जमा चिया पसल चलाउँदै आएकी उनीसहित १७ जना गत चैत ९ मा कैलालीको लम्की पुगेका थिए । त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।