आज:  | Fri, 01, Jul, 2022

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

१ बैशाख २०७७, सोमबार १९:०६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसीटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ। केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई पाटन अस्पतालमा उपचारका लागि लगिएको स्रोतले जानकारी दिएको छ। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ। तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायले कुनै जानकारी दिएका छैनन्। स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।