- किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार |
- बेनीको जोगिगाडेमा ‘रहस्यमयी’ ट्याक्टर दुर्घटना कि घट्ना, घाईतेको अवस्था गम्भीर |
- मुक्तिमार्ग माविमा १० लाखबढीको अक्षयकोष स्थापना |
- १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले सुरू गरिन गण्डकी कोटिहोममा कथा प्रवचन |
- चितवनमा गोली लागेर एक सैनिकको मृत्यु |
बागलुङको र्यापिड टेष्टमा एक जना शंकास्पद
- पुनहिल डट कम
- ५ साल अघि
- १७६ पटक पढिएको

कोरोनाको परीक्षणका लागि बागलुङमा भैरहेको र्यापिड टेस्टका क्रममा काठेखोला गाउँपालिकामा एक जना कोरोना पोजेटिभको शंकास्पद फेला परेका छन् । तिर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राबिधिकहरुले जनाएका छन् ।
‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भैरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘हाम्रा साथीहरु काम गरिहरेका छन् । थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।’ संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्वारेन्टाईनमा राख्ने प्रयास थालिएको छ ।
यो समाचार तयार पार्दासम्म जिल्लाभर ३ सय ८६ जनाको ¥यापिड टेष्ट किटद्वारा कोरोनाको परीक्षण भएको छ । ‘किटले पोजेटिभ वा नेगेटिभ देखाए पनि परीक्षण भएकामध्ये १० प्रतिशतको स्वाब समेत संकलन गर्ने भन्ने निर्देशन छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘शंकास्पद सबैको थ्रेट स्वाबनै परीक्षण भएपछि मात्रै कोरोना भए नभएको जानकारी हुन्छ ।’ जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्य प्राबिधिक खटाएर बिदेशबाट आएका र शंकास्पद बिरामीहरुको जाँच भैरहेको छ । @dhorpatan news