FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिका, ६ पाखापानीका वडाध्यक्षको घरबाट गोली वरामद

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३२ पटक पढिएको
रघुगंगा गाउँपालिका, ६ पाखापानीका वडाध्यक्षको घरबाट गोली वरामद

रघुगंगा गाउँपालिका, ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले आईतवार गोली वरामद गरेको छ ।
शेरपुजाले हालै सामाजिक सञ्जाल फेसवुकमा नेकपाका स्थानीय एक नेताको नाम उल्लेख गरी धम्कीपूर्ण भाषामा लेखेको स्टाटसको आधारमा आधारमा प्रहरीले वडाध्यक्ष शेरपुजाको घर तलासी गर्दा एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए ।

शेरपुजाले सत्तारुढ दलका कार्यकर्ताको दवावमा आफुलाई फसाउन खोजिएको भन्दै असहमति जनाएका छन । वडाध्यक्ष शेरपुजाले आफ्नो स्टाटसमा ‘नेकपा गापा अध्यक्ष दिपक कार्की विखर्ची मित्रले झै सामाजिक संञ्जालमा आगो वाल्नु छ । कसैले हिम्मत बोकि निभाउछु भनेर आउछ भने एउटा मात्र वुलेट छ, त्यही उपहार दिएर पठाउँछु ।’ उल्लेख गरेका थिए । उक्त स्टाटस शेरपुजाले केही समयपछि हटाएका पनि थिए ।

वडाध्यक्ष शेरपुजाको फेसवुक स्टाटसपछि दिपक कार्की विखर्चीले असुरक्षित भएको भन्दै प्रहरीसँग सुरक्षा मागेका थिए ।
‘रघुगंगा गाउँपालिकाको योजना तथा अन्य प्रशासनीक खर्च पारदर्शी नभएको र हालै कोरना भाईरस संक्रमणको त्रासले गरिएको लकडाउनको वेला विपन्नलाई वितरण गरिएको राहत वितरणमा राजनैतिक पक्षधरता देखाएको भन्दै फेसवुक स्टाटस लेखेको हुँ । वडाध्यक्ष शेरपुजा समेत कसैसँग पनि ब्यक्तिगत रिसईवी छैन । त्यही काँग्रेसले नेतृत्व गरेको गापाको आलोचना गरेको विषयमा मलाई धम्की आएको हो’ दीपक कार्कीले बताए ।
सोही आधारमा प्रहरीले वडाध्यक्षको घर तलासी गरेको थियो । प्रहरीले वडाध्यक्ष शेरपुजालाई सम्पर्कमा आउन भनेको र वरामद भएको खजना (गोलीको वैधता परिक्षण भैरहेको जनाएको छ ।
‘सार्वजनिक भएको फेसवुक स्टाटस र पीडितको उजुरीको आधारमा वडाध्यक्षको घरमा पुग्यौं र फोनमा सम्पर्क गर्यौं । तर उहाँ प्रत्यक्ष सम्पर्कमा नआएपछि घर खानतलासी गर्दा एक थान गोली वरामद भएको छ’ जिल्ला प्रहर िप्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘गोली हेर्दा १२ बोरको साईजको जस्तो देखिन्छ, ल्याव परिक्षण पछि मात्र गोली केस्को हो खुल्छ । त्यसैगरी वरामद खजना (गोली)को बैधता परिक्षण गर्न गृह मन्त्रालयमा पत्राचार गरेका छौं ।’
शेरपुजा रघुगंगा गापा, ६ पाखापानीमा काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधी हुन । प्रहरीले ब्यक्तिगत सुरक्षाकालागी हतियार राख्ने लाईसेन्स भए/नभएको परिक्षण भैरहेको र जिम्मेवार ब्यक्ति भएकोले कार्यालयमा वोलाई गोली प्राप्त श्रोत बुझ्न लागेका बताएको छ ।
त्यसैविच वडाध्यक्ष मनकुमार शेरपुजाले सामाजिक सञ्जालमा लेखेको विषयमा सत्तारुढ दलका कार्यकर्ताको दवावमा आफुलाई फसाउन खोजिएको भन्दै आईतवार छुट्टै विज्ञप्ती प्रकाशित गरी असहमति जनाएका छन । विज्ञप्तीमा ‘आफ्नो अनुपस्थितीमा घर खानतलासी गरी एक थान गोली भेटिएको भन्दै गोली वरामदको नाटक मञ्चन गरिएको भनेका छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल