मालिका र धौलागिरीका १९ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
३० चैत्र २०७६, आईतवार १८:०६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्गमा आईतवार भारत समेत विदेशबाट फर्केका १९ जनाको र्यापिड टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिट टेष्ट गर्न धौलागिरीका ८ जना भने आएनन । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार सोमबार मंगला गापाका ३४ र रघुगंगा गापाका ३६ तथा मंगलवार अन्नपूर्ण गापाका १५ जनाको र्यापिड टेष्ट गर्ने समय तालिका मिलाईएको छ ।
↑