FLASH NEWS
  • Loading...

कोरनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाख संक्रमित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८९ पटक पढिएको
कोरनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाख संक्रमित

विश्वभर कोरनाबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ७ सय ३४ पुगेको छ । विश्वभर कोरोना संक्रमितको  संख्या १६ लाख ९९ हअजार ६ सय ३२ पुगेको कोरना नेपालले तथ्याङ्ग सार्वजनिक गरेको छ ।
विविसीका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकाममा मात्र  २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ । अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ। कोरनाको कारण हालसम्म इटलीमा १८ हजार ८ सय ४९ जना, अमेरिकामा १८ हजार ६ सय ३८ जना, स्पेनमा १६ हजार ८१ जना र फ्रान्समा १३ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दक्षिणको छिमेकी भारतमा कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ । भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४मा देखिएको छ ।
विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ९४ हजार १०८ संक्रमित थपिएका छन् । यसमा अधिक संख्या अमेरिमा छ । अमेरिकामा मात्रै ३३ हजार ७५२ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ ।
फ्रान्समा ७ हजार १२०, स्पेनमा ५ हजार ५१, इटलीमा ३ हजार ९५१ तथा जर्मनीमा ३ हजार ९३६ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।  बेलायतमा ८ हजार ६८१, टर्कीमा ४ हजार ७४७ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल