आज:  | Tue, 28, Jun, 2022

म्याग्दीका चौथो ब्यक्तिको स्वाब रिपोर्ट पनि नेगेटिभ

२८ चैत्र २०७६, शुक्रबार १९:११ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी स्थित क्वारेन्टाईनमा बसेर घर फर्केका एक जनामा कोभिड–१९ को लक्षण देखिएपछि स्वाब परिक्षणकालागी पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको छ । बेनी नगरपालिका, ४ घर भएका यी युवा भारतबाट चैत ८ गते घर फर्केका थिए । घर फर्के लगत्तै उनी बेनी स्थित क्वारेन्टाईनमा १४ दिन बसेर घर फर्केका थिए । घर फर्केपछि लगातार सुख्खा खोकी देखिएपछि उनीलाई बेनीको आईसोलेसनमा राखी स्वाब पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । खोकी निको भएको र विदेशबाट फर्केका २१ दिन पुरा भएकोले घर फिर्ता पठाईएको कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए । जिल्लाबाट स्वाब परिक्षणकालागी पठाईएका सवै चार जनाको रिपोर्ट नेगेटिभ आएको हो ।