- Loading...
हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन आग्रह
- पुनहिल डट कम
- ५ साल अघि
- १८५ पटक पढिएको

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ। ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ।’
भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ। उक्त प्रणाली कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्ग, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ । प्रि–मनुसन (मनसुन अवधिअघि) का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ।
जोगिन के गर्ने?
– रुखमुनि नबस्ने
– घरमा झ्याल तथा ढोका बन्द गरेर बस्ने
– विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने
– मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
