- Loading...
ट्रम्पले कोरोनाको उपचार गर्न सकिने भनेको ‘हाइड्रोक्सीक्लोरोक्वाइन’ नेपालमा कति छ ?
- पुनहिल डट कम
- ४ साल अघि
- १८८ पटक पढिएको

कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्वाइन पठाइदिन आग्रह गरे ।
भारतले ठूलो मात्रामा हाइड्रोक्सीक्लोरोक्वाइन औषधी बनाउने र यो औषधी कोरोना बिरामीको उपचारमा प्रयोग गर्न सकिने भन्दै राष्ट्रपतिले यस्तो आग्रह गरे । भारतको विदेश व्यापार महानिर्देशनालयले गत मार्च २५ मा यो औषधी र औषधी बनाउन प्रयोग गरिने कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो । मंगलबार मात्रै उक्त प्रतिबन्ध भारतले फुकुवा गरेको छ । तर निर्यात गर्दा सरकारको अनुमती लिनुपर्ने भन्ने निर्देशन पनि पनि सँगसँगै दिइएको छ । किनभने भारतले यो औषधी निर्यातमा प्रतिबन्ध लगाए लगत्तै यसको परिमाणको रेकर्ड गरिसकेको छ । त्यसैले भारतमा यो औषधी उत्पादकले आफ्नो सरकारको अनुमति बिना कच्चा पदार्थसमेत निर्यात गर्न पाउने छैनन् । हाइड्रोक्सीक्लोरोक्वाइनको अभाव हुने भन्दै अमेरिकासमेत त्रसित भएको बेलामा हामी भने आत्तिनुपर्ने अवस्था नरहेको यो औषधी उत्पादन गरिरहेका नेपाली कम्पनीहरुले दाबी गरेका छन् ।
नेपालमा देउराली जनता फर्मास्यूटिकल्स, क्यूमेड फर्मुलेसन र मारुती फर्माले हाइड्रोक्सीक्लोरोक्वाइन उत्पादन गर्दै आएका छन् । यी कम्पनीहरुसँग हाल सात लाख बढी हाइड्रोक्सीक्लोरोक्वाइन ट्याबलेट छन् । यस्तै केही परिमाणमा कच्चा पदार्थसमेत छ । आवश्यक परेर सरकारले उत्पान गर्न निर्देशन दिएमा थप औषधी उत्पादन गर्न सकिने उनीहरुले बताएका छन् । तर, कोरोना भाइरसको उपचारका लागि प्रयोग भइरहेको भनिएको यो औषधी उत्पादन गर्न पर्ने-नपर्ने विषयमा सरकारले हालसम्म केही पनि भनेको छैन ।
देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले चार लाख हाइड्रोक्सीक्लोरोक्वाइन ट्याबलेट दिन तयार रहेको बताए । उनले काठमाडौं उपत्यकासहित कोरोनाको संक्रमण परीक्षण गरिरहेका अस्पतालहरुलाई निःशुल्क उपलब्ध गराउँदै आएकोसमेत जानकारी दिए ।
“सरकारले यो औषधी चाहियो भन्यो भने चार लाख ट्याबलेट निःशुल्क दिन्छु भनेको छु, हामीसँग छ, सरकारले चाहियो भन्यो भने थप उत्पादन पनि गर्न सक्छौं ।”
यो औषधीको प्रयोग धेरै हुँदैन, त्यसैले एकै पटक उत्पादन नगरिने व्यवसायी बताउँछन् । यो औषधी चाहिन्छ भने भन्नुहोस् दिन्छु भनेर पत्र लेखेरै दिँदा पनि सरकारी अधिकारीले अहिलेसम्म केही नभनेको उनले बताए । “जुन-जुन अस्पतालले कोरोना भाइरसको परीक्षण गरिरहेका छन्, औषधी चाहियो भन्ने बित्तिकै निःशुल्क उपलब्ध गराउँदै आएको छु” उनले भने, “सरकारले थप उत्पादन गर्न भन्यो भने कच्चा पदार्थ पनि छ, उत्पादन गर्न सक्छौं ।”
उनले कोरोनाको उपचारका लागि अहिले प्रयोग भइरहेको औषधी रहेकाले अमेरिका जस्तो प्यानिक हुनुपर्ने अवस्था नरहेको बताए । “हामीसँग यो औषधीसहित केही परिमाणमा कच्चा पदार्थ पनि छ”, उनले भने, “औषधी नै नपाउने हो की भनेर आत्तिनु पर्दैन ।”
यता, क्यूमेड फर्मुलेसनका कार्यकारी अध्यक्ष सोहनप्रसाद अधिकारीले पनि ३-४ लाख ट्याबलेट रहेको बताउँछन् । तर, यो औषधीको प्रयोग गर्दै आएका बिरामीहरु पनि रहेको र उनीहरुलाई उपलब्ध गराउँदै आएको बताए ।
“हामीसँग तीन-चार लाख ट्याबलेट होलान्, पहिलेदेखि नै प्रयोग गरिरहेका बिरामीलाई उपलब्ध गराउँदै आएका छौं”, उनले भने, “सरकारले कच्चा पदार्थ उपलब्ध गराइदिए उत्पादन गर्न सक्छौं ।” उनले बताए ।
“भारतले कच्चा पदार्थको पनि निर्यात गर्न छुट दिएको भने पनि सामान आउनै दिइएको छैन, रक्सौलमा रोकिएका छन्” उनले भने, “सरकारले अत्यावश्यक सामाग्री आइरहेको छ, रोकेको छैन, भन्छ तर हामीले सामान पाएका छैनौं ।”
मारुती फर्माका प्रबन्ध निर्देशक प्रभात रुङ्गटाले ५० हजार विरामीको उपचार गर्न सक्ने गरी नेपाली व्यवसायीसँग यो औषधी रहेको बताए । “एउटा विरामीलाई १४ वटा ट्याबलेट भएपछि पुग्छ,” उनले भने, “हालको अवस्थामा ५० हजार भन्दा बढीलाई नै उपचार गर्न पुग्ने औषधी छ । यो औषधी हाहाकार नहोला ।”
मलेरियामा प्रयोग हुने गरेको यो औषधी विगतमा वर्षमा करिब एक लाख ट्यावलेट बिक्ने गरेको व्यवसायी बताउँछन् । कोरोनामा यो औषधीको प्रयोग हुने भन्ने अमेरिका र भारतले भनेपछि यसको माग बढेको व्यवसायी बताउँछन् । “डेढ दुई लाख ट्याबलेट थियो । तर, कोरोनामा यो औषधी प्रयोग हुन्छ भनेपछि विभिन्न अस्पताललाई उपलब्ध गरायौं”, उनले भने, “अहिले ५० हजार ट्याबलेट होला ।” अत्यावश्क रुपमा यो औषधी चाहिन्छ की भनेर ५० हजार ट्याबलेट विरगंज, पर्सा क्षेत्रका लागि राखेको र नेपालगञ्ज, धनगढी, विराटनगर, काठमाडौंमा पठाइसकेको उनले बताए ।
बाहृखरीडटकमबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
