- Loading...
भोकले गाई मरे, जीवितलाई युवा ब्यवसायीले दानापानी खुवाउँदै
- पुनहिल डट कम
- ५ साल अघि
- २१२ पटक पढिएको

लकडाउनपछि खाना नपाएपछि बेनीमा रहेका छाडा चौपाय (गाई) धामाधम मर्न थालेका छन । दुई दिन लगातार बेनीमा मंगलबार र बुधवार २ वटा गाई मरेका छन् ।
बजारबाट उत्सर्जन हुने कागज, घर–घरबाट निक्लने बासी खाना खाँदै आएका छाडा चौपायलाई बजार बन्द भएपछि चरन समस्या भएको थियो । लामो समय खाना नपाएपछि भोकले गाई मर्न थालेको र बाँचेका पनि थला पर्न थालेपछि लायन्स क्लव अफ बेनी पिससिटीका संस्थापक अध्यक्ष राजेश शाक्य,पूर्व अध्यक्ष लोकेश पुन मगर र अध्यक्ष नरेश श्रेष्ठ,सदस्यहरु दुर्गा मगर,नन्दु पाईजाले दुई दर्जन गाई/गोरुलाई बुधवार दाना (चोकर) र पानी खुवाएको हो ।
‘बजार खुल्ला हुन्थ्यो, पसलबाट उत्सर्जन हुने कागजसमेत खानेकुरा हुन्थ्यो । अझ यस्ता छाडा गाईगोरु घर–घर डुल्थे र मान्छेले खानाबाट उव्रेकोको खाना दिन्थे । अहिले वन्द भएपछि यी गाई धमाधम मरेको देखेपछि पशु भनेर छोड्न सकेनौं’ युवा ब्यवसायी तथा सामाजिक कार्यकर्ता राजेश शाक्यले भने, ‘राज्यको ध्यान भोट नआउने पशुमा पर्दैन, सवै प्राणीको आत्मा उस्तै हो, भोक सवैलाई लाग्छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
