FLASH NEWS
  • Loading...

मोनाद्धारा आपतकालिन राहत कोष स्थापना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४२ पटक पढिएको
मोनाद्धारा आपतकालिन राहत कोष स्थापना

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरेको हो ।
मोनाका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा मंगलबार बसेको पाँचौ बैठकले स्थापना गरेको कोषमा कार्यसमितिका पदाधीकारी र सदस्यहरुबाट दश लाख रुपैयाँ संकलन भएको मोनाले जनाएको छ ।
कोरोनाका कारण समस्यामा परेका प्रवासमा रहेका म्याग्देलीको उपचार, राहत र जिल्लामा आवश्यक पर्ने काममा कोषको रकम परिचालन गरिनेछ । मोना आइसीका कोषाध्यक्ष मुक्ति रोका संयोजक, पूर्णीमा पाईजा (आशा) र किसान जिसी सदस्य रहेको समिति गठन भएको छ ।
कोरोनाबाट अस्टे«लीयामा एक जना म्याग्देली संक्रमित भएकोमा उपचारपछि निको भएको बैठकमा जानकारी गराइएको थियो । मोनाले कोषमा सहयोग गर्न र कोरोनाबाट बच्नका लागि सतर्कता अपनाउन प्रवासी तथा जिल्लाबासीहरुलाई अपिल गरेको छ ।