- Loading...
गाउँ जाँदा क्वारिन्टीनको वास
- पुनहिल डट कम
- ४ साल अघि
- ११० पटक पढिएको
कोरना भाईरस संक्रमण विस्तार हुन नदिन १५ दिनदेखी देशभर लकडाउन जारी छ । र सरकारले थप ८ दिन लकडाउन थप गरेको छ ।
सहरमा लकडाउनको कहरबाट फुत्किएर रमाईलो र स्वच्छन्दता खोज्न रातारात भोगर गाउँ पुगेकालाई स्थानीयले समाउँदै तोकिएका क्वारिन्टीनमा राख्न थालेका छन । गाउँ–गाउँमा लकडाउनको प्रभाव छैन, निस्फिक्रि हिँडडुल गर्न पाईन्छ भन्दै पोखरा, बेनी समेतका सहरबाट रातीराती मोटरसाईकल र साना गाडीमा पुख्यौली थलो पुगेका १५ जनालाई आफन्तले नै समाएर क्वारिन्टीनमा राखेका हुन ।
सहरबाट भागेर दुर्गम धौलागिरी पुगेका ११ जनामध्य ६ जना भुमे आधारभुत विद्यालय मच्छिम र ५ जनालाई धनजनता माध्यामिक विद्यालयको क्वारिन्टीनमा राखेका हुन । क्वारिन्टीनमा रहेका सवै पुख्यौली थलो सोही गाउँमा भै हाल पोखरा र बेनीमा बसोबास गर्ने हुन । यस अघि विदेशबाट घर फर्केका १९ जनालाई पनि गाउँपालिकाले विदेशबाट फर्केको दिनका आधारमा ७ देखी १५ दिनसम्म क्वारिन्टीनमा राखी संक्रमणको नदेखिएपछि घर पठाएको थियो ।
छुट्टै ढोरपाटन सिकार आरक्षहुँदै धौलागिरी गाउँपालिका, २ लुलाङ्गमा आएका दुई जनालाई स्थानीय स्वंयम सेवकले घर मै फिर्ता पठाएको धौलागिरी गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी बाग्लुङ्गबाट आफन्त/माईती भेट्न आएका थप २ जनालाई मंगला गाउँपालिका, ३ अर्मनको क्वारिन्टीनमा राखिएको छ ।
‘गाउँमा अव कोरना भाईरस संक्रमित कोही नभएकोले बाहिरबाट गाउँपालिका भित्रिएका सवैलाई अनिवार्य १४ दिन क्वारिन्टीनमा राखिएको हो’ धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले भने, ‘विदेशबाट आउने मात्र होईन सहर र छिमेकी गाउँपालिका र जिल्लाबाट समेत धौलागिरी गापा प्रवेश निषेध गरेका छौं । आउनै पर्ने भए अनिवार्य १४ दिन क्वारेन्टीनमा राख्ने र खेतिवाली थन्क्याउने र लगाउने समय भएकोले आन्तरिक रुपमा लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेका छौं । तर भेला, वैठक र सभासम्मेलनमा भने रोक यथावत नै छ ।’
कोरना भाईरस संक्रमण रोक्न सदरमुकम समेत स्थानीय तहका विभिन्न वस्तीमा क्वारिन्टीन निर्माण गरि फागुन १५ गतेपछि विदेशवाट घर फर्केका एक सय २१ मध्य ७० जनालाई घर–घरबाट खोजेर ल्याई क्वारिन्टीनमा राखियो । सवै क्वारिन्टीनको वासपछि घर फर्केका छन । स्थानीय तहले संकलन गरेको अभिलेख अनुसार अव जिल्लामा कम्तीमा पछिल्लो २५ दिनयता विदेशबाट फर्केका कोही छैनन ।
कोरना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम जिल्ला समवन्यय समितिको अभिलेख अनुसार बेनीमा २६ जना, रघुगंगा गापामा १७ जना, धौलागिरी गापामा १३, मंगला गापाले ९ र अन्नपूर्ण गापामा ३ जना विदेशबाट घर फर्केकालाई क्वारेन्टीनमा राखिएको थियो । बेनी अस्पतालमा छुट्टै स्थानीय एक कोरना संक्रमणको आशंका गरिएकी युवतीलाइ आईसोलेसनमा राखी नमुना परिक्षणपछि सामान्य उपचार गरिएको थियो ।