आज:  | Thu, 30, Jun, 2022

लकडाउन थप आठ दिन

२४ चैत्र २०७६, सोमबार १७:१० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता

सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

“राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।” दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो। यसअघि सरकारले सात/सात दिनको गरी दुई पटक लकडाउनसम्बन्धी निर्णय गरेको थियो । पछिल्लो निर्णय अनुसार भोलि १२ बजे लकडाउनको अवधि सकिँदैछ। नेपालमा हालसम्म नौ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा एकजना निको भई घर फर्किसकेका छन् भने बाँकी आठजना उपचाररत छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल काठमाण्डू उपत्यकासहित देशका १० स्थानमा परीक्षण भइरहेको छ।