आज:  | Fri, 01, Jul, 2022

खानेपानी महशुलमा बीस प्रतिशत छुट

२३ चैत्र २०७६, आईतवार १७:२६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ ।संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको संस्थाको बैठकले ०७६ फागुन महिनाको खानेपानी महशुलमा बीस प्रतिशत छुट गर्ने र उक्त महिनाको बिलम्ब शूल्क समेत मिनाह गर्ने निर्णय भएको छ । यसैगरी कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्नका लागि राहत वितरण गर्न बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयलाई पचास पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।उपभोक्ताहरुले घरबाटै आफ्नो मिटरमा चढेको अंक संस्थाको टेलिफोन र मोवाइलमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको छ । संस्थाका बेनी बजारमा एक हजार घरधुरी उपभोक्ता रहेका छन् । इसेवा र आइएमई पेको माध्यमबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।