आज:  | Sun, 03, Jul, 2022

कोरोनाले विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित

२३ चैत्र २०७६, आईतवार ०९:०९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी पुगेको छ । यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ ।इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ पुगेको बीबीसीले जनाएको छ । स्पेनमा २४ घण्टामा ८०९ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ११ हजार ९४७ जनाको मृत्यु भएको छ । स्पेनमा २६ अप्रिलसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।अमेरिकामा मर्नेको संख्या ८ हजार ४ सय नाघेको छ । न्युयोर्कमा मात्रै पछिल्लो २४ घण्टामा ६३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।