- Loading...
धमाधम भाडा छुट गर्दै मनकारी घरधनीहरु
- पुनहिल डट कम
- ५ साल अघि
- १६९ पटक पढिएको

जिल्लामा आप्mनो घरजग्गा ब्यवसायीक रुपमा लगाएका घरधनीहरुले घरभाडा छुट घोषणा गर्ने थपिदै गएका छन । घरभाडा छुट गरेको घोषणा गर्नेमा पछिल्लो पटक रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी थपिएका हुन ।
भण्डारीले बेनीका दुई, पर्वत जलजलाका एक घर र जग्गा, काठमाण्डौको समेत भाडामा रहेका ५ वटा ब्यवसायीक घरको चैत महिनाको एक मुष्ठ २ लाख ५१ हजार भाडा छुटको घोषणा गरेका छन ।
यस अघि बेनी नगरपालिका, ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम मन्दीर आफुले भाडामा लगाएका सटर र क्यान्टिन संञ्चालन भाडा वापतको ४७ हजार ६ सय रुपैयाँ नलिने घोषणा गरेको छ । निर्माण ब्यवसायी नारायण जिसीले आप्mनो ब्यवसायीक भाडामा लगाएका दुई वटा घरको चैत महिनाको भाडा एक लाख ३७ हजार नलिने जनाएका छन । अन्य ब्यक्ति तथा संस्थाहरुले पनि चैत महिनाको भाडा नलिने जनाएका छन । त्यसैगरी नेकपा सचिव हरीकृष्ण श्रेष्ठले ब्यवसायीक प्रयोजनकालागी जग्गा भाडा नलिने घोषणा गरेका छन ।
कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेपछि ब्यापार ब्यवसाय बन्द भएको अवस्थामा रोजगारी गुमेका डेरावाला तथा ब्यवसायीलाई आर्थिक राहत पु¥याउन पानीविजुली महसुल बाहेक घर भाडा छुट गरिएको उनीहरुले बताएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
