आज:  | Sat, 25, Jun, 2022

धमाधम भाडा छुट गर्दै मनकारी घरधनीहरु

२२ चैत्र २०७६, शनिबार १०:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्लामा आप्mनो घरजग्गा ब्यवसायीक रुपमा लगाएका घरधनीहरुले घरभाडा छुट घोषणा गर्ने थपिदै गएका छन । घरभाडा छुट गरेको घोषणा गर्नेमा पछिल्लो पटक रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी थपिएका हुन । भण्डारीले बेनीका दुई, पर्वत जलजलाका एक घर र जग्गा, काठमाण्डौको समेत भाडामा रहेका ५ वटा ब्यवसायीक घरको चैत महिनाको एक मुष्ठ २ लाख ५१ हजार भाडा छुटको घोषणा गरेका छन । यस अघि बेनी नगरपालिका, ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम मन्दीर आफुले भाडामा लगाएका सटर र क्यान्टिन संञ्चालन भाडा वापतको ४७ हजार ६ सय रुपैयाँ नलिने घोषणा गरेको छ । निर्माण ब्यवसायी नारायण जिसीले आप्mनो ब्यवसायीक भाडामा लगाएका दुई वटा घरको चैत महिनाको भाडा एक लाख ३७ हजार नलिने जनाएका छन । अन्य ब्यक्ति तथा संस्थाहरुले पनि चैत महिनाको भाडा नलिने जनाएका छन । त्यसैगरी नेकपा सचिव हरीकृष्ण श्रेष्ठले ब्यवसायीक प्रयोजनकालागी जग्गा भाडा नलिने घोषणा गरेका छन । कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेपछि ब्यापार ब्यवसाय बन्द भएको अवस्थामा रोजगारी गुमेका डेरावाला तथा ब्यवसायीलाई आर्थिक राहत पु¥याउन पानीविजुली महसुल बाहेक घर भाडा छुट गरिएको उनीहरुले बताएका छन ।