FLASH NEWS
  • Loading...

बेनी अस्पतालबाट पठाएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३० पटक पढिएको
बेनी अस्पतालबाट पठाएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ

बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।
पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन गरि पोखरा पठाइएको थियो । पठाइएको स्वाव बुधवार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल को प्रयोगशालामा परिक्षण गरी पुन पुरिक्षणका लागि विहिवार काठमाण्डौं लगिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरसको लक्षण देखिएपछि बेनी स्थित क्वारेन्टाईनमा रहेका एक जनाको स्वाब परिक्षण गर्न पोखरा पठाईएको छ ।
बेनी नगरपालिका, ९ घतानका यी पुरुष केही दिन अघि भारतको मुम्बईबाट घर फर्केका र हाल बेनी क्वारेन्टाईनमा रहेको कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टले जनाएको छ ।