आज:  | Fri, 01, Jul, 2022

म्याग्दीबाट पठाईएका दुवै विरामीको स्वाब रिपोर्ट नेगेटिभ

२१ चैत्र २०७६, शुक्रबार १४:५४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दीका अर्का विरामीको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको छ । बेनी नगरपालिका, ९ घतानका यी विरामीलाई बेनी अस्पतालको आईसोलेसनमा राखेर उपचार भैरहेको छ । भारतको मुम्बईबाट घर फर्केको केही दिनमा ज्वारो लगाएत कोभिड–१९ रोगसँग लक्षण मिलेपछि ति पुरुषको स्वाब परिक्षणकालागी पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । त्यसैगरी बेनी अस्पतालबाट स्वाब नमुना पठाएका अर्का विरामी बाग्लुङ्ग राङखानी घर भै पर्वतको जलजला गापा, ४ पारीवेनी वस्ने युवतीको पनि स्वाब परिक्षण रिपोर्ट पाि नेगेटिभ आएको छ । उनीको स्वाब पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा परिक्षण गर्दा अन्यौल भएपछि काठमाण्डौ टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनःपरिक्षण गर्दा नेगेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । हाल दुवै विरामीलाई आईसोलेसनबाट झिकेर सामान्य विरामीलाई सरह उपचार थालिएको बेनी अस्पतालले जनाएको छ ।