आज:  | Sat, 02, Jul, 2022

बेनी अस्पतालबाट पठाएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ

२१ चैत्र २०७६, शुक्रबार ०७:४९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन गरि पोखरा पठाइएको थियो । पठाइएको स्वाव बुधवार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल को प्रयोगशालामा परिक्षण गरी पुन पुरिक्षणका लागि विहिवार काठमाण्डौं लगिएको हो ।विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरसको लक्षण देखिएपछि बेनी स्थित क्वारेन्टाईनमा रहेका एक जनाको स्वाब परिक्षण गर्न पोखरा पठाईएको छ । बेनी नगरपालिका, ९ घतानका यी पुरुष केही दिन अघि भारतको मुम्बईबाट घर फर्केका र हाल बेनी क्वारेन्टाईनमा रहेको कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टले जनाएको छ ।