आज:  | Sat, 25, Jun, 2022

गलेश्वर क्षेत्र विकास कोषले चैतको सटर र क्यान्टीन भाडा छुट दिने

२१ चैत्र २०७६, शुक्रबार १०:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रमुम धार्मिक पर्यटकीय स्थल गलेश्वरधामा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले चैत महिना भाडा छुट दिर्ने भएको छ ।लकडाउनका कारण कुनै पनी व्यपार नभएको भन्दै कोषले फुल प्रसादी बेच्ने सटर र मन्दिर परिसरमा रहेको भोजानालयको (क्यान्टिन) को भाडा ४७ हजार ६ सय रुपैयाँ छुने दिने निर्णय भएको कोषका सदस्य सचिव माधब प्रसाद रेग्मीले बताए ।त्यसैविच निर्माण ब्यवसायी संघका अध्यक्ष समेत रहेका युवा ब्यवसायी नारायण जिसीले  काठमाण्डौ र बेनीका घरको चैत महिनाको घरभाडा नलिने घोषणा गरेका छन । काठमाण्डौमा रहेको ब्यवसायीक घरभाडा वापतको १ लाख र बेनीका घरको ३५ हजारगरी चैत महिनाको एक लाख ३५ हजार भाडा नलिने जनाएका हुन ।विश्वभर फैलिएको कारोना भाइरस कोभिड १९ को रोकथामका लागि सरकारले चैत ११ गते देखी लकडाउन गरेको छ ।