आज:  | Sat, 25, Jun, 2022

म्याग्दीबाट थप एक जनाको स्वाब परिक्षण गर्न पठाईयो

२० चैत्र २०७६, बिहीबार २०:४६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरसको लक्षण देखिएपछि बेनी स्थित क्वारेन्टाईनमा रहेका एक जनाको स्वाब परिक्षण गर्न पोखरा पठाईएको छ ।बेनी नगरपालिका, ९ घतानका यी पुरुष केही दिन अघि भारतको मुम्बईबाट घर फर्केका र हाल बेनी क्वारेन्टाईनमा रहेको कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टले जनाएको छ ।यस अघि बेनी अस्पतालमा आईसोलेसन वार्डमा भना भै उपचार गराईरहेकी बाग्लुङ्ग घर भै पर्वतको जलजला गाउँपालिका, ४ पर्वत बेनी डेरागरी वस्ने एक युवतीको पनि स्वाब परिक्षण गर्न पठाईएकोमा रिपोर्ट आई पुगेको छैन ।सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सवै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाईन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी कोरना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र बेनीमा ६–६ बेड क्षमताको आईसोलेसन स्थापना गरिएको छ । क्वारेन्टाईनमा राखिएका ब्यक्तिमा कोरना भाईरस संक्रमणको लक्षण देखिएको खण्डमा आईसोलेसन पठाउने, आईसोलेसनमा विरामीको स्वाव परिक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमो वेनी अस्पतालमा रहेको क्वारेन्टाईनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम बनाईएको छ ।