FLASH NEWS
  • Loading...

राहतमा चामल होईन ‘गाउँकै कोदो/मकै’ !

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७९ पटक पढिएको
राहतमा चामल होईन ‘गाउँकै कोदो/मकै’ !

आपतकालिन अवस्थामा ज्याला मजदुरीबाट बञ्चित मजदुर तथा विपन्न परिवारका लागि यहाँको एक गाउँपालिकाले गाउँमै उत्पादित खाद्यान्न बाँड्ने भएको छ । बागलुङको ताराखोला गाउँपालिकाले बन्दाबस्थामा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका लागि गाउँमै उत्पादित कोदो र मकै बाँड्ने योजना बनाएको हो ।
गाउँपालिकाले सोमबारदेखि काम गर्न बञ्चित भएर दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लगत संकलन थालेको छ । वडा तहमा लगत संकलन गरेर आवश्यक मजदुर तथा विपन्न परिवारलाई गाउँमै उत्पादित खाद्यान्न उपलव्ध गराउने गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । ‘हामीसँग गाउँमा फलेको कोदो, मकै प्रसस्तै छ, एक ठाउँमा खरिद गरेर अर्को ठाउँमा बाँड्छौं’ घर्तिले भने ‘बजारको चामल किनेर नबाँड्न भनेका छौं ।’
ताराखोलामा धान कम फल्ने भएकाले गाउँपालिकाले कोदो मकै बितरण गर्ने योजना बनाएको हो । ‘कोदो र मकैसँगै दाल, साबुन र नुन लगायतका खाद्यान्न दिने योजना बनाईएको छ’ अध्यक्ष घर्तिले भने– ‘लगत संकलनको काम सकिएलगत्तै मजदुर विपन्नको घरदैलामा खाद्यान्न पु¥याईने छ ।’ ‘विपत्का बेला हामी जनताका साथमै छौं, गाउँका किसानले उत्पादन गरेकै खाद्यान्न बाँडेर खुवाउँछौं’ घर्ति भन्छन् ‘हामीसँग जे उपलब्ध छ त्यसैले पुग्छ भने बाहिरबाट किन ल्याउनु ।’
तरकारीको भने उनीहरु आँफैले प्रबन्ध गर्नुपर्ने छ । चार जना सदस्य रहेको परिवारलाई गाउँपालिकाले १० पाथी कोदो वा मकै दिने छ । ४ जनाभन्दा धेरै सदस्य रहेको परिवारका लागि १५ पाथी कोदो वा मकै दिने बिधि गाउँपालिकामा बनेको छ । आलुको उत्पादनको पकेट क्षेत्र रहेको ताराखोलामा कोदो र मकै राम्रो उत्पादन हुन्छ । त्यहाँका सर्वसाधारणले भान्सामा कोदो, मकै र आलुका परिकार बढी प्रयोग गर्छन् । ताराखोलामा मकै र कोदो प्रतिमाथि मुल्य १ सय ५० रुपैयाँ पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र