FLASH NEWS
  • Loading...

र्‍यापिड टेष्ट गर्दा बेनीका सवै ३३ जनाको रिपोर्ट नेगेटिभ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२८ पटक पढिएको
र्‍यापिड टेष्ट गर्दा बेनीका सवै ३३ जनाको रिपोर्ट नेगेटिभ

स्वास्थ्य कार्यालयले चैत महिना सुरु भएयता भारत समेत विदेशबाट फर्केका म्याग्दीका सवै जनाको र्‍यापिड टेष्ट गर्न थालेको छ ।

शनिवार बेनी नगरपालिका भित्रका ३३ जनाको र्‍यापिड टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले दिएको जानकारी अनुसार शनिवार र्‍यापिड टेष्ट गरिएका मध्य र्‍याण््डम विधीबाट ६ जनाको स्वाब भने कोरना परिक्षणकालागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । उक्त र्‍यापिट किटले १५ मिनेटमा कोरनाका लक्षणको टेष्ट रिपोर्ट दिन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार चैत यता विदेशबाट घर फर्केका र क्यारेन्टाईनमा समेत बसेका बेनी नगरपालिका भित्रका ३३ जनालाई शनिवार, आईतवार मालिका गाउँपालिकाका ११ र धौलागिरी गापाका १५ जनालाई र्‍यापिड टेष्टकालागी सदरमुकाम ल्याउने ब्यवस्था मिलाईएको छ ।

त्यसैगरी सोमबार मंगला गापाका ३४ र रघुगंगा गापाका ३६ तथा मंगलवार अन्नपूर्ण गापाका १५ जनाको र्‍यापिड टेष्ट गर्ने समय तालिका मिलाईएको छ ।