कालीगण्डकी नदीले बगाएउँदा वेपत्ता

१८ चैत्र २०७६, मंगलवार १७:०५ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

कालीगण्डकी नदीमा माछा मार्न गएका मंगला गाउँपालिका, ४ बरंजाका रामप्रसाद शेरचन (४४) बगेर वेपत्ता भएका छन ।
धौलागिरी गापा, २ लम्सुङ्गका धनबहादुर पाईजासँगै बेनी नगरपालिका, १ सीम नजिकै कालीगगण्डकी नदीमा माछा मार्न गएका शेरचनलाई मंगलावार विहान ११ बजे नदीले बगाएको प्रहरीले जनाएको छ । कम्मरमा डोरी बाँधेर नदीमा पासो (त्यारी) बगाउँन खोज्दा शेरचनलाइ नदीले बगाएपछि सँगै माछा मार्न गएका पाईजाले प्रहरीलाई खवर गरेका थिए । स्थानीय र प्रहरीले दिनभर खोजेपनि शेरचनलाई भेट्न नसकेपछि बुधवार शसस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर बोलाईएको छ ।
‘माछा मार्ने क्रममा एक जना कालीगण्डकीमा वेपत्ता छन । हामीले प्रयास गर्यौं सफल हुन सकिएन । बुधवार वेपत्ता शेरचनलाई खोज्न शसस्त्र प्रहरीबाट तालिमप्राप्त गोताखोरलाई सहयोग मागेका छौं’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी ध्रुव शर्माले बताए ।