- Loading...
पूर्वराजाद्वारा कोरोना नियन्त्रण कोषमा दुई करोड जम्मा
- पुनहिल डट कम
- ५ साल अघि
- २११ पटक पढिएको

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत कोषमा दुई करोड रुपैयाँ जम्मा गराएको ट्रस्टकी सदस्य सचिव रेश्मा राणाले जानकारी दिइन् । हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफू र परिवारको तर्फबाट सहयोग गरेको पनि राणाले बताइन् । पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीक्रण तथा राहत र उद्धारका लागि सरकारी र गैरसरकारी पक्षबाट भएको कामको समेत प्रशंसा गरेका छन् ।
“यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैर जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरुरी छ । महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवम् पत्रकारहरुप्रति आभारी छौं,” उनले भनेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
