आज:  | Fri, 01, Jul, 2022

वीर अस्पतालमा दुईजनाको मृत्यु, दुबैको कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो

१७ चैत्र २०७६, सोमबार १७:०४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।उनका अनुसार मृतक युवती चन्द्रागिरि नगरपालिका–१५ बाट आएकी थिइन् । उनमा ज्वरो र निमोनिया देखिएको थियो भने अर्का युवक कालीमाटी क्षेत्रबाट आएका थिए । उनी केहीदिन अघि मात्रै भारतबाट आएको बताइएको छ ।सेन्चुरीका अनुसार उनी भारतबाट आएको १४ दिन पनि पूरा भएको थिएन ।  12khari