लकडाउनमा पनि गाउँमा खेतिपाती गर्न नरोक

१६ चैत्र २०७६, आईतवार १९:५० मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

देश लकडाउनको स्थितिमा छ । सरकारले थप १ हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । सहरबजारमा बाक्लो जनघनत्व हुने भएकोले लकडाउनले विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमण रोक्न सकिन्छ ।
जनघनत्व अति कम भएको ग्रामिण भेगमा समुह वैठक, भेला, मेलाजात्रा, सभासम्मेलनमा रोक लगाउन आवश्यक छ तर लकडाउन जरुरी छैन । लकडाउनको स्थितिमा रहँदा आर्थिक गतिविधि ठप्प हुने नै भयो । एयरलाइन्स, होटल बन्द भइसके । उद्योगमा पनि लकडाउनको स्थितिमा उत्पादन बन्द भएको छ ।
म्याग्दीका सवै ६ वटै स्थानीय तह, जनप्रतिनिधी र सामाजिक अगुवाहरुले मेलापात/खेतीपाती गर्नै नहुने, घरभित्रै बस्नु पर्ने जस्ता उर्दी जारी गर्दा ग्रामिण कृषी अर्थतन्त्रमा नकरात्मक असर पर्ने जोखिम रहन्छ । खासगरी यो यो सिजन गहुँजौ, तोरी समेतका खेती थन्क्याउने, मकै खेती रोप्ने र अलि माथिल्लो क्षेत्रमा मकै गोडमेल गर्ने र कोदो छर्ने/खेतीवाली लगाउने समय हो । यो वेला पनि कृषकलाई खेतवारीमा नजाउ, घरमै बस भन्दा भोकमरी निम्त्याउने निश्चित छ ।

वल्लो गाउँ–पल्लो गाउँ ओहोर–दोहोर रोकौं । कोरना भाइरस संक्रमणबाट लाग्ने कोभिड–१९ रोगका लक्षणसँग मिल्दो ज्वोरो आउने, रुखाखोकी लाग्ने भयो भने तुरुन्त श्वास्थ्य संस्थामा सम्पर्क गर्ने र क्वारेन्टाईनमा गै बस्ने प्रवन्ध गरौं । कोरना भाईरस संक्रमणको जोखिम भएका ब्यक्तिलाई क्वारेन्टाइृनमा पठाउँ । मदिरा तथा माशुजन्य वस्तु सेवन रोकौं । तर गाउँ भित्र दुई–तीन जना भएर खेती गर्न नछोडौं । गाउँदेखी परको एकान्त खेतमा एक्लै दुक्लै काम गरेर कोरना भाईरसको संक्रमण फैलिन्न भन्ने बुझौं ।
सामान्यतयाः कोरना भाईरसको संक्रमण दुई मान्छे १–२ मिटरको फरकमा रहँदा भाईरस संक्रमण हुँदैन । सहरका घर एक आपसमा जोडिने, एउटै घरमा धेरै परिवार वस्नेहुँदा जनघनत्व बढी हुन्छ । र भाईरस संक्रमण रोक्न दुरी कायम गर्न सकिन्न । गाउँमा त्यस्तो अवस्था छैन । अझ म्याग्दीको घट्दो जनसंख्या रहेको जिल्लामा अझ कम छ ।
गाउँघरमा के गर्न सकिन्छ, त्यो गर्नुपर्ने छ । लकडाउन त सहर बजारमा भयो । गाउँघरमा लकडाउनको अवस्था रहँदैन । गाई भैसी चराउन वनमा लैजान्छन्, खेतीपातिको काम परिहाल्छ । खेतीपाति लगाउन र गोडमेल गर्नेलगायतका कामहरु गाउँघरमा भइराखेकै छन् । जे भएको छ, राम्रो भएको छ । लकडाउन, लकडाउन भन्दै खेतिपाती पनि नगर भन्नु उपयुक्त छैन । लक डाउनको बेला काम भएन भन्दै गाउँमा जुवाको खाल जमाउने, क्यारिमबोर्ड र लुँडोमा झुम्मिनेहरु कोरना भाईरस संक्रमणका माध्यम हुन । यीनलाई रोक्नु पर्छ । अर्को कुरा गाउँघरमा अहिले पनि कमसल गुणस्तरको चामल, चिनी र कोदो, गहुँसमेत अन्य अन्नपातको जाँड/रक्सी बनाउन रोकिएको छैन, पूर्णरुपमा रोक्नु पर्छ । किनभने भोकमरीको जोखिमबढ्दो छ ।
देश लकडाउमा गइसकेपछि पनि ग्रामिण क्षेत्रमा व्यक्तिगत रुपमा आफ्नो खेतबारीमा काम गरिरहेका छन् । अब सरकारको ध्यान कसरी ग्रामिण अर्थतन्त्र, ग्रामिण उत्पादनलाई बढाउन सकिन्छ भन्नेतर्फ हुनुपर्छ । त्यसैले मलखाद, उपकरण सरकारले वा निजी क्षेत्रमार्फत वा निजी क्षेत्रको सहकार्यमा गाउँघरमा पुर्याउनु पर्छ ।
ग्रामिण अर्थतन्त्रलाई जागरुक गर्ने यो शुभ अवसर नेपाल सरकारलाई प्राप्त छ । ग्रामिण अर्थतन्त्र जागरुक बनाउ बनाउने लक डाउन राम्रो अवसर हो । किनभने कोरना भाईरस संक्रमणको त्रासले सहरबाट गाउँफर्केका धेरै छन । उनीहरुलाई सारिरिक ब्यायाम पनि आवश्यक छ । खेतीपाती ब्यायामको उपयुक्त माध्यम हो ।
यस्तो इमर्जेन्सी अवस्थामा भोलि भोकमरी हुन सक्छ, यो लम्बिँदै जाँदा आपत्विपद् हुन सक्छ । ग्रामिण अर्थतन्त्रलाई जागरुक गर्ने यो शुभ अवसर हो । ग्रामिण अर्थतन्त्र जागरुक बनाउ बनाउने लक डाउन राम्रो अवसर हो । किनभने कोरना भाईरस संक्रमणको त्रासले सहरबाट गाउँफर्केका धेरै छन । उनीहरुलाई सारिरिक ब्यायाम पनि आवश्यक छ । खेतीपाती ब्यायामको उपयुक्त माध्यम हो ।