- Loading...
कुबेलाको सत्ता लोभ !
- पुनहिल डट कम
- ४ साल अघि
- २०५ पटक पढिएको

चीन र कोरियाबाट आइपुगेका सामग्री र उपकरणले कोरोनाभाइरस संक्रमणको परीक्षण व्यापक बनाउन सहयोग पुग्नेछ । सरकारले केही साता ढिलो गरेको त पक्कै हो तर केही नै गरेन भन्नु न्यायोचित हुँदैन । हुनत, खरिद गरिएका सामग्रीमा बढी मूल्य तिरेर अनियमितता गरेको आरोप पनि सँगै लगाइएको छ ।
सरकारले सबै निर्णय र प्रक्रिया सार्वजनिक गरेर जनताको शंका मेटाउनुपर्छ । तर, अहिलेको प्राथमिकता भने सामानको आपूर्ति नै हो । यसैबीच जनतामा सरकारप्रति बढेको आक्रोश र असन्तुष्टिको अनुचित लाभ उठाउन आफूलाई राजनीतिक प्राणी ठान्नेहरू हुर्तुराएको देखियो । नेपाली कांग्रेसका एक जना नेताले राष्ट्रिय सहमतिको सरकारको खाँचो देखे भने अर्को एउटा दलले राजनीतिक संयन्त्रको माग गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको समाचार सार्वजनिक भएको छ ।
सरकारले बन्दबन्दी गर्न ढिलाइ गरेको, आपूर्ति व्यवस्था मिलाउन नसकेको र सबैभन्दा बढी सम्बन्धित मन्त्रीहरूले या त अकर्मण्यता देखाएन नभए गैरजिम्मेवार टिप्पणी गरेकोमा जनताले असन्तुष्टि प्रकट गरेका हुन् । जनताको असन्तुष्टि कुनै पार्टी वा समूहलाई जस्केलाबाट सत्तामा पठाउन प्रकट भएको हैन । यस्तै, अहिले राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउनु आवश्यक छ । सम्बन्धित सरकारी अधिकारीहरू र राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउनु आवश्यक छ । राज्यका संयन्त्र र निकायलाई संकटको सामना गर्न सक्षम बनाउनु जरुरी छ । तर, यसको अर्थ जनादेश नपाएकाहरू जस्केलाबाट सत्तामा साझेदार हुने मौका आएको ठान्नु गलत हो । कोरोनाको संक्रमणबाट उत्पन्न अन्योलको परिस्थिति सत्तामा भाग खोज्न प्रयोग गर्न खोज्नु चरम अराजनीतिक अवसरवादी प्रवृत्ति हो ।
यति बेला वर्तमान सरकारको वा शासन प्रणालीको विकल्प सत्तारुढ दलभित्र वा बाहिर कतै पनि खोज्नु उचित देखिँदैन । देश विपत्तिसँग जुधिरहेको छ । यस्तो समयमा सरकारलाई अस्थिर हुनु वा देखाउन खोज्नु राष्ट्रको हितमा हुँदैन । सरकारलाई सुझाव सबैले दिए हुन्छ । उचित सुझावहरू सरकारले ग्रहण पनि गर्नुपर्छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेर र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विपक्षको सहयोगको सराहना गरेर सही राजनीतिक चरित्र देखाएका छन् । अहिलेको खाँचो यस्तै सद्भाव र समझदारीकाे छ । राजनीतिक दलहरूको हैसियत त जनताले चुनावकै बेलामा किटान गरेका छन् नि ।
हो ! केही मन्त्रीहरू अयोग्य देखिएका छन् । तिनलाई काखी च्यापेर राख्ने कि पन्छाएर योग्य व्यक्तिलाई जिम्मेवारी दिने भन्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको विवेकमा भर पर्छ । मन्त्री वा अरू कसैको पनि गल्ती, कमजोरी र बदमासीको निगरानी गर्ने र त्रुटि औँल्याउने काम जनता सबैले सधैँ गर्न सक्छन् । त्यसको अर्थ सत्तामा भाग खोज्नु होइन । यसैले राष्ट्रिय सरकार वा सर्वदलीय संयन्त्रजस्ता बेमौमसी बाजा बजाउनु कसैका लागि पनि हितकर हुँदैन । अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समेत प्रधानमन्त्री र सरकारलाई अप्ठेरो पार्ने काम नगरोस् । सरकारका गल्ती, बदमासी र त्रुटिका हरहिसाब बेला आएपछि गरे हुन्छ ।
बाहृखरीको सम्पादकीयबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
