FLASH NEWS
  • Loading...

मात्रा नमिलाई छर्कियो बेनीमा क्लोरिन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६७ पटक पढिएको
मात्रा नमिलाई छर्कियो बेनीमा क्लोरिन

कोरना भाईरस संक्रमण रोक्न कोरना भाईरस महामारी रोकथाम ब्यवस्थापन समितिले सदरमुकाम बेनीको सडकमा क्लोरिनयुक्त पानी छर्किएको छ । तर बेनीमा शनिवार दमकलले छरेको पानीमा जीवाणु नष्ट गर्न सक्ने आवश्यक क्लोरिनको मात्रा मिलाईएको छैन ।

बेनी नगरपालिकाको दमकल प्रयोगगरी सुरक्षाकर्मीले बेनीको मुख्य बजार क्षेत्रका सडकमा क्लोरिनमिसाईएको पानी झर्केका थिए । क्याम्पसचोकहुँदै माथी क्याम्पसगेट, हिलसाईड क्षेत्र समेत भित्री गल्लीमा भने क्लोरिन पानी छर्किएको थिएन ।

‘बजारमा सवै तिर कोरना भाईरस मार्ने केमिकल छर्कियो र हाम्रो टोलमा त खै किन हो आएनन’ स्थानिय दुर्गा सुवेदीले भनिन, ‘कोरनाको क्वारेन्टाईन नै यता छ, यतै केमिकल छर्केनन ।’

क्लोरिन विषालु हुन्छ । जीवाणु मार्न र निर्मलीकरण गर्न क्लोरिनको उपयोग गरिन्छ । बेनीमा वितरित खानेपानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिनलाई मात्राबढी राखी दमकलबाट बजारमा छरिएको हो । सही मात्राा प्रयोग गरेमा भुई वा सतहलाई निर्मलीकरण गर्ने भएपनि शरिरभित्र कोरना भाईरस प्रवेश गरिसकेको भए क्लोरिनले भाईरसलाई भने मार्दैन ।

शनिवार बेनीमा छर्किको क्लोरिनमा शुन्य दशमलव ५ प्रतिशतले हुने ४ हजार पानी अट्ने दमकलकको ट्याङ्ढीमा २ केजी क्लोरिन पाउडर मिसाईएको थियो । पाउडरमा जम्मा ३० प्रतिशत मात्र क्लोरिनको मात्रा हुने भएकोले बेनीमा छर्किको क्लोरिनयुक्त पानीमा जीवाणु नष्ट हुने क्षमता राख्दैन । खानेपानीमा प्रति लिटर शुन्य दशमलव शुन्य १ प्रतिशत क्लोरिन मिसाउने गरिन्छ ।

‘शनिवार बेनीको सडकमा छर्किको क्लोरिनयुक्त पानीमा क्लोरिनको मात्र मिलेको छैन । समितिले श्वास्थ्यका प्राविधिकको सल्लाह अनुसार खानेपानी मिसाईने मात्र भन्दाबढी राखेपनि पाउडरमा क्लोरिनको मात्र कति छ, विचार गरेको देखिँदैन’ बेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शुभास श्रेष्ठले भने, ‘मैले समितिलाई बजारमा छर्किको पानीमा क्लोरिनको मात्र नमिलेकोले बडाउन सुझाएको छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल