आज:  | Fri, 01, Jul, 2022

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखियो

१५ चैत्र २०७६, शनिबार १६:३४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप १ जनामा संक्रमण देखिएको जनाएको हो। संक्रमित १९ वर्षीया महिला  हुन्।
नेपालमा थप १ जनामा कोरोना भाइरसको  संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप १ जनामा संक्रमण देखिएको जनाएको हो।
संक्रमित १९ वर्षीया महिला  हुन्। उनी बेल्जियमबाट कतार हुँदै ४ चैतमा काठमाडौं आएकी थिइन्। उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा बसेको बताएको छ । तर कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं  तयारी भइरहेको छ ।