आज:  | Tue, 28, Jun, 2022

नमुना लिन गएको जहाज धावनमार्गमा धावन मार्गबाट चिप्लियो, सबै सुरक्षित

१५ चैत्र २०७६, शनिबार १२:४६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा धावन मार्गबाट बाहिर चिप्लियोएको  छ ।
विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो । चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ ।