आज:  | Fri, 01, Jul, 2022

गण्डकी प्रदेशको कहाँ खस्यो उल्कापिण्ड ?

१४ चैत्र २०७६, शुक्रबार ०८:४७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
विहिवार राती ८ बजेतिर गण्डकी प्रदेशका अधिकांश क्षेत्रबाट आकाशमा दक्षिणबाट उत्तर तर्फ गएको ठूलो आवाजसहित आगोको मुस्लो जस्तो चम्किलो वस्तु पृथ्वीमा खसेको अनुमान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाईटीले उक्त वस्तु उल्कापिण्ड हुन सक्ने अनुमान गरेको छ । तर उल्कापिण्ड अनुमान गरिएको उक्त वस्तु कहाँ खस्यो भन्ने पत्ता लागेको छैन । सामाजिक संञ्जाल प्रयोगकर्ताले उक्त वस्तु क्षेत्रका अधिकांशले सामाजिक फेसवुकमा उक्त चम्किलो वस्तु दक्षिणबाट उत्तर तर्फ गएको र केही सेकेण्डमै चट्याङ्ग परेजस्तो ठूलो आवाज आएको भनेका छन । उक्त उल्कापिण्ड खसेको दृष्य स्याङ्जा, कास्की, बाग्लुङ्ग, म्याग्दीको घोडेपानीसम्म देखिएको/सुनिएको थियो । नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले राती प्रेस विज्ञप्ती जारी गरी उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको र उल्कापिण्ड खसेको ठाउँमा क्षति हुने उल्लेख गरेका छन । म्याग्दी सदरमुकाम बेनीको आकाशबाट पनि दक्षिणबाट उत्तर तर्फ  उक्तवस्तु गएको केही सेकेण्डमै ठूलो आवाज आएको सुनिएकोले धौलागिरी वा अन्नपूर्ण हिमालय क्षेत्रमा खसेको अनुमान गरिएको छ । तर प्रमाणित तथ्य फेला परेको छैन । उल्का पिण्ड के हो ? अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड घुम्दै पृथ्वीको आकर्षण क्षेत्र भित्र पर्न जान्छ जव बेगले पृथ्वीतिर आकर्षित हुँदा वायुपण्डलमा घर्षण हुन्छ । घर्षणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन्छ । उक्त पिण्डमा भएका पदार्थहरु वायुमण्डलमा जलेर नष्ट नभै वचेका वस्तुहरु पृथ्वीको सतहमा आएर ठोकिन्छन । त्यसलाई उल्कापिण्ड भनिन्छ । पृथ्वी आफैमा एउटा चुम्बक भएकोले यस्ता पिण्ड चुम्बकिय शक्ति क्षेउका उत्तरी वा दक्षिणी ध्रुमा खस्ने गर्छन । आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकोले उल्कापिण्ड खसेकोलाई तारा खसेको (फलिङ स्टार) भन्ने गरिन्छ ।