आज:  | Sat, 02, Jul, 2022

उल्कापिण्ड गुर्जाहिमालको फेदीमा खसेको दावी

१४ चैत्र २०७६, शुक्रबार २१:०८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
विहिवार राती ८ बजेतिर ठूलो आवाजसहित पृथ्वीमा खसेको आगोको मुस्लो जस्तो चम्किलो वस्तु (उल्कापिण्ड) चुरेन र गुर्जा हिमाल विचको फेदीमा खसेको स्थानीयले दावी गरेका छन। धौलागिरी गाउँपालिका, ४ मुदी स्थित बुद्धीविकास माध्यामिक विद्यालयका प्रधानअध्यापक जगबहादुर किसानका अनुसार मुदीको नेरवाङ वस्तीको नजिकैबाट उत्तर तर्फ गएको उक्त पिण्ड हिमालमुनीको यार्सा टिप्ने खर्कमा झरेको र उक्त स्थानमा पहिरो गएजस्तो देखिएको छ । तर उल्कापिण्ड खसेको स्थानको आधिकारिक रुपमा भने कसैले पुष्टि गरेको छैन । ‘म्याग्दी नजिकै कतै उल्कापिण्ड खसेको अनुमानको आधारमा खोजी गर्यौं कतै वस्तीमा खसेको छैन । धौलागिरी हिमाल क्षेत्रको गुर्जा हिमालमुनी खसेको भन्ने स्थानीयमार्फत अपुष्ट जानकारी आएको छ । तर भर्खरै उल्का खसेको स्थानमा पुग्न सक्ने अवस्था र समय दुवै छैन’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उल्कापिण्ड खसेको स्थानमा बाक्लो हिउँ रहेको र नजिकको वस्तीबाट कम्तीमा दुई दिनमा पुग्न सकिने प्रअ किसानले बताए । स्थानीयका अनुसार उक्त पिण्ड खस्दा भुकम्प जाँदाजस्तो सो क्षेत्रको भुगोल थर्केर हल्लिएको थियो । नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले राती प्रेस विज्ञप्ती जारी गरी उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको र उल्कापिण्ड खसेको ठाउँमा क्षति हुने उल्लेख गरेका छन । अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड घुम्दै पृथ्वीको आकर्षण क्षेत्र भित्र पर्न जान्छ जव बेगले पृथ्वीतिर आकर्षित हुँदा वायुपण्डलमा घर्षण हुन्छ । घर्षणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन्छ । उक्त पिण्डमा भएका पदार्थहरु वायुमण्डलमा जलेर नष्ट नभै वचेका वस्तुहरु पृथ्वीको सतहमा आएर ठोकिन्छन । त्यसलाई उल्कापिण्ड भनिन्छ । पृथ्वी आफैमा एउटा चुम्बक भएकोले यस्ता पिण्ड चुम्बकिय शक्ति क्षेउका उत्तरी वा दक्षिणी ध्रुमा खस्ने गर्छन । आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकोले उल्कापिण्ड खसेकोलाई तारा खसेको (फलिङ स्टार) भन्ने गरिन्छ । त्यसैगरी शुक्रवार मध्यान्न सूर्यमा आभामण्डल देखियो । मध्यान्न ११.१५ देखी ११ं.३० बजेसम्म सूर्यको वरपर इन्द्रेणी रंगका गोलाकार घेरा बसेको थियो । घेरा विस्तारै हराउँदै गएको थियो । आभामण्डल दुई शब्द आभा–प्रकाश र मण्डल– घेराबाट बनेको छ । अर्थात आभामण्डल प्रकाशको घेरा हो । यो बायुमण्लीय घट्ना हो । वायु मण्डलमा रहेका सात वटै रंग एक आपसमा जोडिदा आभामण्डल बन्दछ ।