- Loading...
एक महिनामा मंगलामा २२ र मालिकामा १९ जना विदेशबाट घर फर्के
- पुनहिल डट कम
- ४ साल अघि
- २४६ पटक पढिएको
![nepali overses एक महिनामा मंगलामा २२ र मालिकामा १९ जना विदेशबाट घर फर्के](https://www.punhill.com/wp-content/uploads/2020/03/work-abroad.jpg)
फागुन तेस्रो सातायता मंगला गाउँपालिकाबाट २२ जना र मालिका गापाबाट १९ जना वैदेशिक रोजगारीबाट घर फर्केका छन । उनीहरुमा चैत १३ गते दिउँसो सम्म कुनै रुघाखोकी र ज्वरोको लक्षण देखिएको छैन ।
विदेशबाट हालै घर फर्केकाको खोजी सुरु गरेको मंगला गाउँपालिकाले आफै वा अन्यले सूचना दिएमा नगद एक हजार पुरस्कार दिने बताएको छ ।
नेपालमा फेला परेका कोरना संक्रमणका विरामी सवै विदेशबाट फर्केका युवामा देखिएपछि घरदैलो गरी फागुन अन्तिम सातापछि विदेशबाट फर्केकाहरुको खोजी सुरु गरिएको हो । फागुन तेस्रो सातायता विहिवार दिउँसो ४ बजेसम्म २२ जना विश्वका विभिन्न देशबाट मंगला गाउँपालिकाबासी घरमा आएका छन ।
‘विश्वका प्रायः सवै देश कोरना भाईरस संक्रमणग्रस्त छन । कोरना भाईरस हाम्रो मुलुकबाट श्रृजित रोग पनि होईन । जति भेटिएका छन विदेशबाट फर्केकामा देखिएकोले उनीहरु मार्फत गाउँमा फर्कने जोखिम बढी छ’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘अहिलेसम्म कसैलाई कोरना संक्रमण भएको वा लक्षण देखिएको त छैन तर १४ दिनसम्म देखिन सक्ने वा अन्यमा सरेको हुन सक्ने तथा समस्या लुकाउन सक्ने भएकोले स्वास्थ्य अवस्थाको सही सुचना पाउन नगद पुरस्कार ब्यवस्था गरेका हौं ।’
मंगला गाउँपालिकाले मात्र होईन अन्य स्थानीय तहमा पनि विदेशबाट हालै फर्केकाहरुको विवरण खोजी भैरहेको छ । पश्चिम मालिका गाउँपालिकामा फागुनको अन्तिम सातायता १९ जना विदेशका विभिन्न देशबाट घर फर्केको बताएको छ ।
‘मालिका गाउँपालिकामा पछिल्लो १० दिन यता १९ जना विदेशका विभिन्न देशबाट घर फर्केका रहेछन । सवै हाल सकुसल भएपनि सवैलाई ब्यक्तिगत सम्पर्क गरी कम्तीमा १४ दिन सेल्फ क्वारेन्टाईनमा रहन र अन्य आफन्तसंगको भेटघाट नगर्न सम्झाएका छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘बुटवलबाट बाग्लुङ्गको वुर्तिवाङहुँदै गाउँपालिकामा प्रवेश गर्नेको स्वास्थ परिक्षण गर्ने, लक डाउनको पालना गर्न लगाउने र आईसोलेसन वार्ड तयार गरी संभावित जोखिमको प्रतिकार्यमा लागेका छौं ।’
त्यसै विच विश्वभर फैलिएको महामारी कोरना भाईरस (कोझिड–१९) को संक्रमणबाट ब्यत्ति–ब्यक्ति विच दुरी कायम गरी फैलन नदिन लागु गरिएको ‘लक डाउन’ तेस्रो दिन ग्रामिण भेगमा पनि कार्यानवयन हुन थालेको छ । तर केही बुझक्कडहरुले लक डाउनको अवज्ञा गर्दै विपन्नलाई राहत भन्दै समुहमा मान्छे जम्मा गर्दै सावुन, खाद्यसामाग्री वितरण गर्ने देखिएको छ ।
महामारीको रुपमा विश्वभर फैलिरहेको ग्रामिण क्षेत्रमा कोरना भाईरस (कोभिड–१९) को संक्रामण र उत्पन्न हुन सक्ने भयावह परिस्थितीलाई बुझ्न नसक्दा सहरबाट गाउँ फर्केका बेरोजगारहरु मान्छे जम्मा पारी खसी काटेर भोज गर्ने, जुवातास खेल्ने र भ्रमणमा निक्कलने गरेका खवर छन ।
‘अर्न्तराष्ट्रिय श्वास्थ्य विपत्तिका रुपा रहेको कोरना भाईरस संक्रमणबाट उत्पन्न परिस्थितीको आंकलन नगर्ने वा अवुझपन देखाउने देखिए । पहिलो र दोस्रो दिन भन्दा ग्रामिण भेगमा पनि लक डाउनको महत्व अति बुझ्दै गएको देखिएको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘लक डाउनपछि समस्यामा परेका विपन्न समुदायको पहिचान गर्ने र उनीहरुलाई मानविय सहायता पुर्याउन प्रयास थालेका छौं ।’
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)