आज:  | Sat, 02, Jul, 2022

बास नपाएर अलपत्र चिनियाँ पर्यटकको उद्घार

१३ चैत्र २०७६, बिहीबार १८:१८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बास नपाएर अलपत्र परेका दुई जना चिनियाँ पर्यटकलाई रघुगंगा गाउँपालिका, १ बेगबाट प्रहरीले उद्धार गरी सदरमुकाम बेनीमा ल्याएको छ ।महिनादेखी नेपाल भ्रमणमा रहेका दुई चिनियाँ पर्यटक बेनी–जोमसोम सडकको १५ किमी माथी बेगखोलाबाट माथी बेगगाउँमा पुगेका थिए । चैत १० गते स्थानीय खाजा घरमा आफ्नो पहिचान सहित बास बसेका चिनियाँ पर्यटक मंगलवार गाउँ निक्लेपछि स्थानिय त्रसित भै रघुगंगा गापा, २ भगवती स्थित प्रहरी चौकीलाई खवर गरेका थिए ।चीन महामारीको रुपमा विश्वभर फैलिएको कोरना भाईरसको उद्गमस्थल भएकोले चिनियाँ पर्यटकदेखी स्थानीय त्रसित भएका हुन । कोरना भाईरस संक्रमण रोक्न नेपाल सरकारले देशभर लक डाउन गरेपछि यातायातका साधन नचलेको र स्थानीयले बास बस्न नदिंदा अलपत्र परेका चिनियाँ पर्यटकलाई प्रहरीले बुधवार उद्धार गरी सदरमुकाम ल्याई एक होटलमा सुरक्षित बस्ने ब्यवस्था मिलाएको हो ।‘कोरना भाईरसको उद्गम थलो चीन भएकोले चिनियाँ पर्यटक भन्ने वित्तिकै स्थानिय त्रसित भै प्रहरीलाई खवर गरेकोले हामीले बुधवार उनीहरुको उद्धार गरी बेनी ल्याएका हौं । उनीहरु होटलमा सुरक्षित गरिएको छ’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने, ‘दुई महिनादेखी नेपालमा रहेका उनीहरु स्वस्थ्य छन, उनीहरु कोरना भाईरस संक्रमित होईनन । डराउनु पर्दैन ।’