- Loading...
कोरोनाभाइरसः लन्डनमा कोभिड-१९ बाट निको भइन् नेपाली महिला, यस्तो छ सुझाव
- पुनहिल डट कम
- ५ साल अघि
- २०९ पटक पढिएको

ब्रिटेनमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना हुन पुगेकी एक नेपाली महिला अहिले निको भएकी छन्। उनले भोगाइ कस्तो रह्यो? नेपालमा ‘लकडाउन’ अर्थात् आ-आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको के कस्तो सुझाव छ?
“म शुरूमा नियमित रूपमा काममा गएर आएँ र खाना खाएर सुतेँ। तर मध्यराति एकदम धेरै ज्वरो आयो। भोलिपल्ट म यहाँको ‘वाक इन’ क्लिनिकमा गएँ। त्यहाँ मलाई घरमै बस्ने सल्लाह दिइयो। त्यसपछि म घर आएर बसेँ। मलाई रुघाखोकी केही पनि लागेन। खाली टाउको मात्र दुख्ने समस्या थियो।
ओषधि खाँदा पनि ज्वरो घट्दै घटेन। म औषधि खाएर बस्न थालेँ। तर ज्वरो घट्दै घटेन अनि म फेरि त्यहीँ क्लिनिकमा गएँ। त्यहाँ मेरो खकारको नमुना लिइयो। त्यसपछि मलाई भोलिपल्ट फोन आयो अनि भनियो ‘तपाईँलाई कोभिड पोजिटिभ देखियो। सास फेर्न गाह्रो छ भने अस्पताल आउनुहोस्’।
म त्यसपछि अस्पताल गएँ। विशेष हेरचाह गर्ने एकाइमा मलाई राखियो। त्यहाँ विशेष चिकित्सक र स्वास्थ्यकर्मी मात्र जाने रहेछन्। उनीहरू त्यहाँ १५ मिनेटभन्दा बढी नबस्ने रहेछन्। उनीहरूले विशेष पोशाक लगाएका हुने रहेछन्। बुट, गाउन, मास्क, चस्मा, टाउको छोप्ने लगायत लगाएका हुन्थे। अरू बिरामीहरू पनि थिए। उनीहरूलाई मैले धेरै पसिना आएको देखेँ। उनीहरू धेरै नजिक आउँदैन्थे। एकजना एकदमै धेरै गम्भीर बिरामी पनि थिए।
भाइरसबारे थाहा नहुने रहेछ
यो भाइरस कहाँ हुन्छ भन्ने नै थाहा नहुने रहेछ। त्यो अस्पतालमा बस्दा पनि मैले त्यस्तै पाएँ। यहाँ ब्रिटेनको सरकारले पनि ‘सेल्फ-आइसोलेसन’ अर्थात् एकान्तवासमैँ जोड दिएको छ। म पनि त्यहीँ भन्छु। भाइरस लागेको छ भने पनि पत्ता लगाउने समय लाग्ने रहेछ। मलाई यहाँ दश दिन पछि बल्ल जाँचियो र थाहा भयो।
त्यसैले एकदमै सावधानीपूर्वक बस्नुपर्छ। नेपालमा पनि सरकारले घरमै बस्न अनुरोध गरेको रहेछ। त्यसलाई पालना गरौँ। एकान्तवासमै बस्न सिकौँ। सरसफाइमा एकदमै ध्यान दिऔँ।
पाँच दिन त्यहाँ बसेपछि मलाई घर पठाइयो। अहिले मलाई केही आराम भएको छ। ज्वरो कम भएको छ। चिकित्सकले दुई खाले एन्टिबायोटिक्स औषधि दिएका छन्। त्यही खाएर बसेको छु। म अहिले तल्लो तलामा एकान्तवासमैँ छु। मेरो लागि पकाउने खाने छुट्टै छ। मेरो शौचालय पनि फरक छ। श्रीमान् चाहिँ माथि बस्नु हुन्छ।”
https://www.bbc.com/nepali/news

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
