- Loading...
कोरना त्रास ः विरामी बोक्न एम्बुलेन्स पनि मानेनन्
- पुनहिल डट कम
- ४ साल अघि
- १५० पटक पढिएको
![IMG_20200227_180708 कोरना त्रास ः विरामी बोक्न एम्बुलेन्स पनि मानेनन्](https://www.punhill.com/wp-content/uploads/2020/03/IMG_20200227_180708-1.jpg)
विश्वभर स्वास्थ्य संकट निम्त्याएको कोरना भाईरस (कोभिड–१९) संक्रमणको डरले छिमेकी समेत कुनै पनि निकायले रुघाखोकी र ज्वरोबाट ग्रस्त विरामीलाई बोक्न नमानेपछि बेनी नगरपालिका, ४ की एक १९ बर्षिया किसोरी चार दिनदेखी घरमै थला परेकी छिन ।
रुघाखोकी र ज्वरोबाट ग्रस्त किसोरीलाई अस्पताल पुर्याउन छिमेकी र एम्बुलेन्स पिपिई समेतका सुरक्षा उपकरण नभएको भन्दै विरामी वोक्न नमानेका हुन । उनको चार दिनदेखी उपचार हुन सकेको छैन । तर विरामीलाई अस्पताल पुर्याउन कोही तयार नभएपछि छिमेकीलाई सदरमुकाम पुर्याएर स्वास्थ्यकर्मीको प्रिकेप्सन विना ज्वोरो र रुखाखोकीको औषधी किनेर ल्याई खुवाउने तयारी भएको छ ।
नजिकको स्वास्थ्यचौकीलाई आग्रह गर्दा समेत स्वास्यकर्मी पिपिई समेतका उपकरण नभएको भन्दै घरमा पुगेर सेवा दिन अस्वीकार गरेका थिए । विरामी आफै उठेर हिँड्न नसक्ने तथा घरका सदस्यले पनि बोकेर स्वास्थ्य संस्थासम्म विरामी वोकेर लैजना सक्ने अवस्था नभएकोले एम्बुलेन्सबाट बेनी अस्पताल पुर्याउन खोजिएको हो ।
‘गाउँमा विपन्न परिवारकी एक किसोरी चार दिनदेखी रुखाखोकी र ज्वोरोले ग्रस्त रहेछिन । उनलाई अस्पताल पुर्याउन मानवीय सेवामा समर्पित रेडक्रस समेत अस्पतालको एम्बुलेन्स तयार भएनन, न स्टेचरमा वोकेर स्वास्थ्य संस्था पुर्याउन स्थानीय नै तयार भए’ बेनी नगरपालिका, ४ का वडाध्यक्ष गोविन्द पौडेलले भने, ‘शंकास्पद विरामीलाइ होम क्वारेन्टाईनमा बस भनेको स्वास्थ्य सेवा बाट वन्चित गर्न खोजिएको हो ? घरमै मर भनेको हो ? नभए किन अस्पताल पुर्याउन कोही तयार भएनन ?’
वडाध्यक्ष पौडेलले रेडक्रस र बेनी अस्पतालका एम्बुलेन्सलाई फोन गरी विरामी लिन आउन भन्दा नमाने पनि प्रमुख जिल्ला अधिकारीलाई विरामी उद्धार गरी अस्पताल पुर्याईदिन गुहार मागेका थिए । प्रजिअ ज्ञाननाथ ढकालले विरामी उद्धारगरी अस्पताल पुर्याउने ब्यवस्था मिलाउन सहायक प्रजिअलाई अर्याई आफु लकडाउन प्रभावकारीता अनुगमन गर्न निक्नेलको बताए ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)