- Loading...
कालोबजारी बढेपछि गाउँपालिकाद्धारा तोक्यो मुल्य सूची
- पुनहिल डट कम
- ४ साल अघि
- १३० पटक पढिएको
लक डाउनको अनुचिन फाईदा उठाई ग्रामिण भेगका पसलहरुले कालो बजारी सुरु गरेपछि दुर्गम धौलागिरी गाउँपालिकाले उद्योग वाणिज्य संघको सहकार्यमा दैनिक उपभोग्य वस्तुको मुल्य सूची कायमगरी अनिवार्य कार्यानवयन गर्न आदेश गरको छ ।
गाउँपालिकाले निजी क्षेत्र उद्योग वाणिज्य संघ धौलागिरी गाउँपालिका ईकाइसँग सहकार्यगरी तत्काल लागुहुनेगरी सडकको सहज पहुँच रहेको दरवाङ्गबजारबाट वस्तीसम्म दुरीकोको आधारमा सामान ढुवानी लागत जोडेर मुल्य सूचि कायम गरेको हो ।
‘लक डाउनको अवस्थाको दुरुपयोगगरी गाउँगाउँमा कालोवजारी बढेको गुनासो आएपछि निजी क्षेत्रसँग वसेर बजार र वस्तीसम्मको दुरीका आधारमा ढुवानी लागत जोडेर दैनिक उपभोग्य वस्तूको मुल्य सूचि कायम गरेका छौं । तोकिएको मुल्य सूचिभन्दा बढी मुल्यमा विक्रि भए, कारवाही गर्रछौं’ धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘तत्काल दैनिक उपभोग्य वस्तुको मुल्य सूचि बनाएका छौं । लगत्तै अव कानुन अनुसार बजार अनुगमनमा निक्लन्छौं ।’